गोरखामा पहिरामा पुरिएर एक पुरुषको मृत्यु
गोरखा । गोरखामा पहिरामा पुरिएर एक पुरुषको मृत्यु भएको छ । जिल्लाको सिरानचोक गाउँपालिका–७, सिम्ले घर भएका ८५ वर्षका सुकबहादुर सार्कीको पहिरामा परेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) लिलाराज लामिछानेले जानकारी दिए ।
सोमबार घरबाट तल खहरे जान भनेर निस्केका सार्की घर नफर्किएपछि परिवारसहित आफन्तले खोजी गर्ने क्रममा आज अबेर सिरानचोक गाउँपालिका–७, स्थित र्भोले खोलामाथिको ठूलो पहिरामा परेको अवस्थामा उनको शव भेटिएको हो ।
“शव भेटिएको स्थान ठूलो भेल पर्ने ठाउँ रहेछ, मृतकको शवको प्रकृति हेर्दा पहिरामा परेको देखिन्छ”, उनले भने, “हिँड्दा बाटोबाट खसेर पहिरामा परेको हो वा भेलले बगाएर पहिरामा पु¥याएको हो भन्ने बारेमा यकिन हुन बाँकी छ ।”
घटनाको जानकारी प्राप्त भएलगत्तै इलाका प्रहरी कार्यालय जौवारीबाट प्रहरीको टोली अहिले घटनास्थलमा पुगिसकेको डिएसपी लामिछानेले जानकारी दिए । सार्की गाउँमा कटुवाल पेसा गर्दै आएका थिए । उनी घरबाट निस्किएलगत्तै सोही समयमा त्यस क्षेत्रमा ठूलो हावाहुरीसहित अत्यधिक वर्षा भएको स्थानीयले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण