आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

गोरखामा पहिरामा पुरिएर एक पुरुषको मृत्यु

मङ्गलबार, ०५ असार २०८०, २१ : ३९
मङ्गलबार, ०५ असार २०८०

गोरखा । गोरखामा पहिरामा पुरिएर एक पुरुषको मृत्यु भएको छ । जिल्लाको सिरानचोक गाउँपालिका–७, सिम्ले घर भएका ८५ वर्षका सुकबहादुर सार्कीको पहिरामा परेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) लिलाराज लामिछानेले जानकारी दिए ।

सोमबार घरबाट तल खहरे जान भनेर निस्केका सार्की घर नफर्किएपछि परिवारसहित आफन्तले खोजी गर्ने क्रममा आज अबेर सिरानचोक गाउँपालिका–७, स्थित र्भोले खोलामाथिको ठूलो पहिरामा परेको अवस्थामा उनको शव भेटिएको हो ।

“शव भेटिएको स्थान ठूलो भेल पर्ने ठाउँ रहेछ, मृतकको शवको प्रकृति हेर्दा पहिरामा परेको देखिन्छ”, उनले भने, “हिँड्दा बाटोबाट खसेर पहिरामा परेको हो वा भेलले बगाएर पहिरामा पु¥याएको हो भन्ने बारेमा यकिन हुन बाँकी छ ।” 

घटनाको जानकारी प्राप्त भएलगत्तै इलाका प्रहरी कार्यालय जौवारीबाट प्रहरीको टोली अहिले घटनास्थलमा पुगिसकेको डिएसपी लामिछानेले जानकारी दिए । सार्की गाउँमा कटुवाल पेसा गर्दै आएका थिए । उनी घरबाट निस्किएलगत्तै सोही समयमा त्यस क्षेत्रमा ठूलो हावाहुरीसहित अत्यधिक वर्षा भएको स्थानीयले बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप