शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

टाइटानिक हेर्न गएको पनडुब्बीमा ३० घण्टाका लागि मात्रै अक्सिजन बाँकी

बुधबार, ०६ असार २०८०, ०९ : २२
बुधबार, ०६ असार २०८०

पर्यटकका लागि विश्वकै चर्चित जहाज टाइटानिकको भग्नावशेष हेर्न निस्किएको पनडुब्बीमा अब ३० घण्टाको लागि मात्रै अक्सिजन बाँकी छ ।

आइतबारदेखि हराइरहेको यो पनडुब्बीमा पाँच यात्री सवार छन् । यसमा पाकिस्तानी मूलका अर्बपति व्यापारी शाहजादा दाउद र उनका छोरा सुलेमान दाउद, बेलायती अर्बपति व्यापारी हमिस हार्डिङ, फ्रान्सेली अन्वेषक पल हेनरी नार्गेलेट र यो साहसिक यात्राको व्यवस्थापन गर्ने कम्पनीका प्रमुख कार्यकारी स्टकटन रश समावेश छन् ।

अमेरिकी कोस्ट गार्डको खोजी अभियान २० हजार वर्ग किलोमिटरभन्दा ठुलो समुन्द्रमा चलिरहेको छ । यसमा क्यानेडियन नेवी, एयर फोर्स र कोस्ट गार्डसँगै न्यूयोर्क एयर नेशनल गार्डले पनि सहयोग गरिरहेका छन् ।

अमेरिकी कोस्ट गार्डको अनुमान अनुसार पनडुब्बीमा करिब ३० घण्टाको अक्सिजन बाँकी छ ।

आइतबार यात्रा सुरु भएको एक घण्टा ४५ मिनेटपछि पनडुब्बीसँग सम्पर्क टुटेको थियो । खोजी अभियानमा दुई सी–१३० विमान र सोनारको मद्दत लिइँदै छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप