छलफलमा जुट्यो योजना आयोग : १६ औं पञ्चवर्षीय योजना कस्तो बनाउने ?
काठमाडौं । योजना आयोगले १६ औं पञ्चवर्षीय योजनाको छलफल सुरु गरेको छ । आयोगले आजदेखि तीन दिनसम्म चल्ने छलफलमा अब बन्ने १६औं पञ्चवर्षीय योजनाले समेट्ने विकासे योजना र नीतिहरुको विषयमा छलफल सुरु गरेको हो ।
आयोगका प्रवक्ता सुमन दाहालका अनुसार आजदेखि शुक्रबारसम्म आयोगले १६औं पञ्चवर्षीय योजनामा लिने नीतिका विषयमा छलफल सुरु भएको छ । र, आयोगले १६ औं पञ्चवर्षीय योजनामा समेट्ने मुख्य ८ विषयमा प्रति विषय १० देखि १५ जना विज्ञसँग छलफल गरिनेछ । छलफलपछि एउटा ड्राफ्ट तयार हुनेछ । यतिबेला भने आयोगले १६औं योजनामा १५ औं योजनाको लक्ष्य समेट्ने वा नसमेट्ने भन्ने विषय मूख्य रहेको छ । १५ औं पञ्चवर्षीय योजनाले लिएका लक्ष्य १९ औं पञ्चवर्षीय योजनासम्म लाग्ने छ । अर्थात वि.सं. २१०० सम्म नेपाललाई समृद्ध बनाउने लक्ष्य समेटिएको छ ।
तर, कोरोना महामारी र रुस–युक्रेन युद्धका कारण १५ औं पञ्चवर्षीय योजनाले तय गरेको लक्ष्य पुरा हुन सकेन । यसबाहेक, सरकारी ढिलासुस्ती लगायतका विषयले समेत उक्त योजनाले तय गरेको लक्ष्यको हाराहारीसम्म पुग्न सकिएन । सोहीकारण, नयाँ लक्ष्य तय गर्ने वा पुरानै योजनाबाट लिइएको लक्ष्य तय गर्ने भन्ने नै यतिबेलाको मूख्य विषय रहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण