नागरिकता विधेयकको मुद्दा छिटो किनारा लगाउन सांसद श्रेष्ठको माग
बुधबार, ०६ असार २०८०, १८ : २२
काठमाडौँ । नेकपा(एकीकृत समाजवादी)का सांसद कृष्णकुमार श्रेष्ठले नागरिकता विधेयकसम्बन्धी अदालतमा परेको मुद्दा छिटो किनारा लगाउन माग गरेका छन् ।
बुधबार नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद श्रेष्ठले नागरिकता विधेयक सम्बन्धी सर्वोच्च अदालतमा रहेको मुद्दालाई छिटो किनारा लगाउन माग गरेका हुन् ।
सांसद श्रेष्ठले नागरिकताविहिनहरुको आन्दोलनमा प्रहरीको धरकपट भएको भन्दै सरकारको ध्यानाकर्षण पनि गराए । उनले समाजवादी मोर्चा नेपालबाट कोहीपनि आत्तिनु नपर्ने बताए । मोर्चा घोषणा भएपनि मोर्चाको विस्तृत खाका भने आउन बाँकी नै रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
-
बालश्रम रोकथामका लागि ठमेलका स्पा र मसाज सेन्टरमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण