शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

अल्टिमा डाइनामाइट’ स्पिकरको मूल्य अब २ हजार ५९९ रुपैयाँ

बिहीबार, ०७ असार २०८०, ११ : १७
बिहीबार, ०७ असार २०८०

काठमाडौँ । अल्टिमा लाइफस्टाइलले आफ्नो स्पिकर वर्ग अन्तर्गत नयाँ ‘अल्टिमा डाइनामाइट’ लिएर आएको छ । गीत सुन्ने सामान्य अनुभवलाई अझै परिस्कृत बनाउने परिकल्पनाका साथ अल्टिमाले नेपाली बजारमा सबै संगीत प्रेमीहरूका लागि आफ्नो उच्च गुणस्तरको स्पिकर सार्वजनिक गरेको हो ।
जसअनुसार हालै कम लागतको ब्लुटुथ कलिङ स्मार्टवाच ‘वाच म्याजिक’ले नेपालको ई–कमर्स लन्च इतिहासमा नयाँ किर्तीमान कायम गर्न सफल भएको छ। नेपालको सबैभन्दा ठुलो ई –कमर्स प्लेटफर्म – ‘दराज’ बाट लन्च–डेमा मात्र २३० भन्दा बढी पिस वाच म्याजिक बिक्री गरेर स्मार्टवाचको बिक्रीमा नयाँ रेकर्ड कायम गरेको थियो ।
स्पिकरमा रहेको शक्तिशाली ब्याट्रीका कारण स्पिकरले ११ घण्टा सम्म राम्रो प्लेब्याक प्रदान गर्दछ। यो कम्प्याक्ट डिजाइनको  स्पिकर भएकोले यसलाई सजिलै झोलामा झुण्डाएर वा खल्तीभित्र हालेर साथमा  बोक्न  सकिने कम्पनीले जनाएको छ । 
अल्टिमाका संस्थापक अमित अग्रवालले भने, “अडियो क्षेत्रमा एक उदीयमान ब्रान्डको रूपमा यो स्पिकरले हाम्रो नवीनताप्रतिको प्रतिबद्धता प्रस्ट दर्शाउनेमा विश्वस्त छौं।”

अल्टिमा डाइनामाइटको मूल्य रु २,५९९ रहेको छ, तर विशेष लन्च अफरको रूपमा, पहिलो १००  ग्राहकहरूले यो स्पिकर मात्र रु १,९९९ मा दराजबाट असार ७ गते  खरिद गर्न सक्नेछन् ।  साथै यो स्पिकर असार ९ गतेदेखि सबै अनलाइन र अफलाइन माध्यमहरूमा उपलब्ध हुनेछ।
यसैबीच खल्तीका प्रयोगकर्ताले अब मात्र रु १ मा अल्टिमा डाइनामाइटको प्रि–बुकिङ गर्न सक्नेछन् भने प्रि–बुकिङ गरेका सबै ग्राहकले मात्र रु १,९९९ मा स्पीकर पाउन सक्नेछन्। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप