डलर साटिदिने भन्दै लुटपाट गरेको आरोपमा ४ जना पक्राउ
सारांश
- प्रहरीले काठमाडौँको कपनबाट डलर साटिदिने भन्दै लुटपाट गरेको आरोपमा ४ जनालाई पक्राउ गरेको छ ।
- पक्राउ परेकाबाट पीडितको ३ लाख ८४ हजार नगद र देखाउन प्रयोग गरेको ५० दरको एक थान अमेरिकी डलर बरामद गरिएको छ ।
- आरोपीहरूविरुद्ध चोरी तथा डाँका सम्बन्धी कसुरमा अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ ।
काठमाडौँ । डलर साटिदिने भन्दै लुटपाट गरेको आरोपमा प्रहरीले काठमाडौँको कपनबाट ४ जनालाई पक्राउ गरेको छ । प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले उनीहरूलाई शनिबार पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–३ घर भई काठमाडौँको जोरपाटी बस्ने ३० वर्षीय धनबहादुर तामाङ, कपन बस्दै आएका ४१ वर्षीय लोकबहादुर तामाङ, बुढानीलकण्ठ बस्ने ३८ वर्षीय राजकुमार लामा र बौद्धस्थित नयाँ बस्ती बस्ने ३७ वर्षीय विजय तामाङ छन् ।
आरोपीहरूले पीडितबाट लुटेको ३ लाख ८४ हजार नगद बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले रातोपाटीलाई बताए । लुट्नको लागि पीडितलाई देखाउन उनीहरूले प्रयोग गरेको ५० दरको एकथान अमेरिकी डलर पनि प्रहरीले बरामद गरेको छ । आरोपीहरु बिरुद्ध प्रहरी वृत्त बौद्धले चोरी तथा डाँका सम्बन्धी कसुरमा अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान गरिरहेको छ । लुटेराहरूले ‘सक्कली डलर छ’ भन्दै एक दुई थान डलर देखाएर कागजको बिटो दिएर पीडितबाट नगद लुट्ने गरेका छन् ।
पक्राउ परेका आरोपी धनबहादुर तामाङविरुद्ध यसअघि पनि ठगी सम्बन्धी कसुरमा ६ वटा जाहेरी दर्ता भएको भेटिएको छ । लोकबहादुर तामाङ खोटा चलन, अभद्र व्यवहार, ठगी र बैङ्किङ कसुर मुद्दामा फरार देखिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सबै सवारीसाधनका लागि कहिले खुला हुन्छ नागढुंगा सुरुङमार्ग ?
-
तीनबुँदे सहमतिलाई लिएर माधव समूह नै विभाजित
-
प्रचण्डबाट आङ्बोलाई जहिल्यै धोखा !
-
कर्णाली नेकपाका सचेतक भन्छन् : एमालेसँगको सहकार्य सहज तरिकाले अघि बढ्ला जस्तो लाग्दैन
-
'हामीलाई अपराधी बनाइयो, माग पूरा नभए श्रमिक पठाउने सम्पूर्ण प्रक्रिया ठप्प पार्छौँ'
-
‘अम्लेखगञ्ज–रक्सौल रेल्वे र चिनी मिलको जग्गा सरकारी जमिनमा बस्नेहरूलाई वितरण गर्न सकिन्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण