सीमा अपराध नियन्त्रण र राजस्व चुहावट नियन्त्रणमा नतिजामुखी काम गर्न निर्देशन
काठमाडौँ । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने अवैध क्रियाकलापको निगरानी र रोकथाम गर्न निर्देशन दिएका छन् ।
लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीका सीमा क्षेत्रको आज अवलोकनपछि उनले सीमा अपराध नियन्त्रण तथा राजस्व चुहावट नियन्त्रणमा नतिजामुखी काम गर्न निर्देशन दिए ।
कार्यक्षेत्रमा परिचालित हुने सशस्त्र प्रहरी कर्मचारीले सकारात्मक सोच र फरक कार्यशैली अपनाई पूर्ण जिम्मेवारी र बफादारिताका साथ काम गर्नुपर्नेमा जोड दिँदै महानिरीक्षक पौडेलले भने, “असल मनसायका साथ गरिएको कामकारबाहीमा भएको कमी–कमजोरीको जिम्मा संगठनले लिनेछ ।”
महानिरीक्षक पौडेलले सीमामा हुने अवैध क्रियाकलाप नियन्त्रणमा निर्मम ढंगले लाग्न र कुनै पनि आर्थिक प्रलोभनमा नपर्न निर्देशन दिए ।
उनले बाढी, पहिरो र डुबानजस्ता विपद्जन्य घटनामा तत्काल परिचालन हुन सक्ने गरी तालिमप्राप्त जनशक्तिलाई आवश्यक उद्धार सामग्रीसहित तयारी अवस्थामा रहन निर्देशन दिएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सबै सवारीसाधनका लागि कहिले खुला हुन्छ नागढुंगा सुरुङमार्ग ?
-
तीनबुँदे सहमतिलाई लिएर माधव समूह नै विभाजित
-
प्रचण्डबाट आङ्बोलाई जहिल्यै धोखा !
-
कर्णाली नेकपाका सचेतक भन्छन् : एमालेसँगको सहकार्य सहज तरिकाले अघि बढ्ला जस्तो लाग्दैन
-
'हामीलाई अपराधी बनाइयो, माग पूरा नभए श्रमिक पठाउने सम्पूर्ण प्रक्रिया ठप्प पार्छौँ'
-
‘अम्लेखगञ्ज–रक्सौल रेल्वे र चिनी मिलको जग्गा सरकारी जमिनमा बस्नेहरूलाई वितरण गर्न सकिन्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण