मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

बेपत्ता पनडुब्बीको खोजीमा जुटेका यी ठुला जहाज, तस्बिरमा हेर्नुहोस्

बिहीबार, ०७ असार २०८०, १६ : ३०
बिहीबार, ०७ असार २०८०

टाइटानिक हेर्न गएको बेपत्ता पनडुब्बी टाइटानलाई खोज्न चलाइएको रेस्क्यू अपरेसनको कमान अमेरिकी र क्यानडाली एजेन्सीको हातमा छ ।

यसमा नौसेना र गहिरो समुद्रमा चल्ने व्यापारिक जहाज पनि समावेश छन् जसले उद्धार कार्यमा मद्दत गरिरहेको छ । यसलाई बोस्टन, म्यासाचुसेट्सबाट सञ्चालित गरिँदै छ ।

यी जहाजका भिन्न भिन्न क्षमता छन् र यहाँ हामी ती जहाजबारे जानकारी दिँदै छौँ ।

डिप एनर्जी

समुद्रमा केबल बिछ्याउने काम गर्ने यो जहाज दुई रिमोट अपरेटेड भेकल्स (आरओभी) द्वारा सुसज्जित छ । यसले १०,००० फिटको गहिराइसम्म काम गर्छ ।

एट्लान्टिक मर्लिन

यो क्यानडाको अफसोर सप्लाई जहाज हो जसमा ४,००० मिटर लामो केबल राखिएको छ । यो केबल कुनै कुरा तान्न काम लाग्न सक्छ । यो जहाजमा रिमोट अपरेटेड भेकल्स पनि तैनाथ छ तर यसले कति गहिराइसम्म गएर काम गर्छ भन्ने जानकारी छैन ।

स्कान्डी भिनल्याण्ड

यो एक सपोर्ट जहाज हो जसमा दुई रिमोट अपरेटेड भेकल्स छन् । तर जहाजले कति गहिराइसम्म गएर काम गर्न सक्छ भन्ने जानकारी छैन ।

boat1लातालान्टे

फ्रान्सबाट सञ्चालित हुने जहाज घटनास्थल अर्थात् पानी भित्र चल्ने रोबोटसँगै छ । यो टाइटानिक जहाजको भग्नावशेषसम्म जान सक्छ ।

हरिजन आर्कटिक

व्यावसायिक जहाज जसमा राहत र मद्दतको उपकरण भरिएका छन् ।

ग्लेस बे

क्यानडाली नौसेनाको जहाज जो डिकम्प्रेसन चेम्बरलाई सँगै लिएर गइरहेको छ र मेडिकल सहायता प्रदान गर्न तयार छ ।

जोन क्याबट

वैज्ञानिक शोध सम्बन्धी जहाज जसमा सोनार सर्च सम्भव छ र यसलाई क्यानडाली कोस्ट गार्ड सञ्चालित गर्छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप