एसियाडका लागि फेन्सिङका खेलाडी छानिए
बिहीबार, ०७ असार २०८०, १७ : ०९
काठमाडौँ । चीनको होङ्झाउमा आयोजना हुने १९ औं एसियाली खेलकुद प्रतियोगिता (एसियाड) का लागि बिहीबार फेन्सिङका खेलाडी छानिएका छन् । पुरुषतर्फको साबर स्पर्धामा त्रिभुवन आर्मी क्लबका उपेन्द्र शाही, एपीएफ क्लबका राजेन्द्र गजुरेल र बागमती प्रदेशका पायष योञ्जन एसियाडका लागि छनोट भए ।
यसैगरी महिलातर्फ फोयल स्पर्धामा बागमती प्रदेशकी गोमा आचार्य, एपीएफ क्लबकी अनिता अधिकारी र एपीएफकै मन्दिरा थापा एसियाडका लागि छानिएका छन् । अन्तिम चरणको छनोट प्रतियोगिता बिहीबार सम्पन्न भएको हो । आगामी एसियाड आगामी सेप्टेम्बर २३ देखि अक्टुबर ८ तारिखसम्म सञ्चालन हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण