रास्वपा संघीयता र नागरिकता विधेयक विरोधी होइन : यादव
जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी पार्टी (रास्वपा)का मधेस प्रदेश समितिका सभापति तपेश्वर यादवले रास्वपाले संघीयता र नागरिकता विधेयकको विरोध नगरेको बताएका छन् ।
बिहीबार जनकपुरधाममा पार्टीको वार्षिकोत्सवको अवसरमा आयोजित चियापान कार्यक्रममा उनले त्यस्तो अभिव्यक्ति दिएका हुन् ।
‘हामीले संघीयताको विरोध गरेका छैनौं । संघीयताको नाममा भइरहेको फजुल खर्च रोक्नुपर्ने भनेका छौं,’उनले भने । उनले प्रदेशमा सांसदको संख्या घटाउनुपर्ने र प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री हुनुपर्ने रास्वपाको माग रहेको जिकिर गरे ।
यस्तै, उनले नागरिकता विधेयकको पनि विरोध नगरेको दोह¥याए । यद्यपि, संसद् हुँदाहुँदै संसदमा प्रवेश नै नगरी अघिल्लो सरकारले पास गरेको नागरिकता विधेयक प्रमाणीकरण गराउनु गलत रहेको उनले बताए ।
रास्वपा मधेस प्रदेशका महामन्त्री मनिष कुमार साहले पार्टीको उत्साह देखेर मधेसकै पार्टीहरुले विभिन्न भ्रम फैलाएको बताउँदै पार्टीले आगामी निर्वाचनमा तीनै तहमा उम्मेदवारी दिने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण