सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको उपकुलपतिमा डा. बस्नेत नियुक्त

शुक्रबार, ०८ असार २०८०, ०८ : ५८
शुक्रबार, ०८ असार २०८०

काठमाडौँ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को उपकुलपतिमा डा. भूपेन्द्र बस्नेत नियुक्त भएका छन् ।

न्याम्सका निमित्त उपकुलपतिसमेत रहेका डा. बस्नेतलाई प्रधानमन्त्री पुष्पकमल दाहालले उपकुलपतिमा नियुक्त गरेका हुन् । 

स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतको अध्यक्षतामा गठित समितिको सिफारिसका आधारमा उप कुलपतिका नियुक्ति भएका बस्नेतसँग अन्य ११ जना प्रतिस्पर्धी रहेका थिए । 

कांग्रेस निकट डा. बस्नेत यसअघि दुई पटक वीर अस्पतालको निर्देशकको जिम्मेवारीमा थिए । उपकुलपतिको कार्यकाल चार वर्ष रहने व्यवस्था छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप