बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

केकीको ‘कोहलपुर एक्सप्रेस’को यस्तो छ लिरिकल गीत

बिहीबार, ०१ चैत २०७४, १३ : ३३
बिहीबार, ०१ चैत २०७४

काठमाडौं – अभिनेत्री केकी अधिकारीले निर्माण गरेको चलचित्र ‘कोहलपुर एक्सप्रेस’को लिरिकल अडियो गीत सार्वजनिक भएको छ । कालीप्रसाद बाँस्कोटाको स्वर तथा संगीत रहेको गीतमा केही स्थिर दृश्यहरु पनि समावेश छन् । एनिमेड लिरिकल भिडियोलाई विजय बस्यालले तयार पारेका हुन् ।
म्यूजिक भिडियो डाइरेक्टर विशाल भण्डारीको डेब्यु निर्देशन रहेको चलचित्रमा केकी अधिकारी, विनोद न्यौपाने, ऋचा शर्मा, प्रियंका कार्की, बुद्दी तामाङ, रविन्द्र झा, कुशाग्र भट्टराईलगायतका कलाकारहरुको अभिनय रहेको छ । 
अर्जुन तिवारीको छायांकन रहेको चलचित्रका भद्र बहादुर शाही, देवी लाल न्यौपाने पण्डित र शिव प्रसाद चौलागाई निर्माता रहेका छन् । ‘अब मनसँग मन’ र ‘सिओे डब्लु काउ’ गीतका कारण चर्चामा रहेको यो चलचित्र १४ बैशाखमा प्रदर्शनमा आउने निर्माता समेत रहेकी अभिनेत्री केकीले बताइन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप