संखुवासभाका बेपत्ता २१ जनाको अवस्था अझै अज्ञात
विराटनगर । भारी वर्षापछि आएको बाढी पहिरोमा परी बेपत्ता भएका संखुवासभाका २१ जनाको अवस्था अझै अज्ञात छ ।
बेपत्ताको खोजी कार्यका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयबाट विभिन्न स्थानमा खोजी जारी छ ।
गत असार २ गते राति अविरल वर्षासँगै आएको बाढी र पहिरोमा परी बेपत्ता भएका २१ मध्ये एक जनाको शव आधा भेटिए पनि उनको पहिचान खुल्न सकेको छैन ।
बेपत्ताहरूको खोजी कार्यका लागि तालिमप्राप्त कुकुर माग गरिएको सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले जानकारी दिए ।
बेपत्ताको खोजीका लागि हेँवाखोला र सभाखोलाको बगरमा सुरक्षाकर्मी परिचालित छन् । त्यस्तै गरी आज कोशी प्रदेशसभा सदस्य विदुरकुमार लिङ्थेप, प्रमुख जिल्ला अधिकारी कार्की, सुरक्षा निकायका प्रमुख प्रतिनिधि र स्थानीयको टोलीले बाढी प्रभावित क्षेत्र सभाखोलामा निरीक्षणसमेत गरेको छ ।
बाढी पहिरोमा पर्ने १६ जना सुपर हेँवाखोला हाईड्रोपावरका मजदुर हुन् भने अपर हेँवाखोला जलविद्युत आयोजनाका १ जना रहेका छन् ।
यस्तै, अमर कन्ट्रक्सनका १ जना मजदुर र सभापोखरी गाउँपालिकाका २ जना स्थानीय बेपत्ता भएका छन् ।
बाढी पहिरोका कारण जिल्लाका ८ वटा हाईड्रोपावरमा क्षति पुगेको छ । बाढीले दुई वटा पक्की पुल बगाएको छ । बाढीले भौतिक संरचना बगाउँदा करोडौँको क्षति भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण