बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

धुर्मुस र सुन्तलीलाई वर्ष व्यक्ति सम्मान

बिहीबार, ०१ चैत २०७४, १६ : २१
बिहीबार, ०१ चैत २०७४

काठमाडौं – पछिल्लो समय समाजसेवाका कारण चर्चित रहेका हाँस्य कलाकार जोडी सिताराम कट्टले ‘धुर्मुसु’ र कुन्जना घिमिरे ‘सुन्तली’ फिल्मी खबर वर्ष व्यक्ति सम्मानबाट सम्मानित भएका छन् । 
फिल्मी खबर साप्ताहिकले बिहिबार राजधानीमा आफ्नो नवौं वार्षिक उत्सबको अवसर पारेर आयोजना गरेको कार्यक्रममा धुर्मु र सुन्तलीलाई यो सम्मान दिइएको हो । कार्यक्रममा बरिष्ठ संगतिकार शम्भुजितले उनीहरुलाई सम्मान दिएका थिए ।
अभिनेत्री चैत्यदेखि, निर्माता कलाकार केसब भट्टराइ, कलाकार निर्देशक मोहन निरौला, बितरक निर्माता माधव वाग्ले, अभिनेत्री नीरु खड्का, खुस्बु खड्का लगायको कार्यक्रममा सहभागीता रहेको थियो । 
कार्यक्रममा सम्मान पाउँदा निकै खुसी लागेको सुन्तलीले बताइन् । उनले भनिन् ‘ सम्मानले अगाडी बढ्ने थप उर्जा दिएको छ ।’
सितारामले सामाजिक अभियान सम्पूर्ण कलाकारकारिता क्षेत्रकै प्रतिनिधिको रुपमा आफुले अगाडि लैरहेको बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप