जसपा विधान अधिवेशन : आज समूहगत छलफल हुने
सोमबार, ११ असार २०८०, ०७ : १३
काठमाडौँ । जनता समाजवादी पार्टी नेपालको विधान अधिवेशन जारी रहेको छ । सो अधिवेशनको दोस्रो दिन अध्यक्ष उपेन्द्र यादवले प्रस्तुत गरेको विधान माथि सोमवार १० समूहमा विभाजन गरेर छलफल हुँदैछ ।
हिजो आइतबार अध्यक्ष यादवले मस्यौदा विधान प्रस्ताव गरेका थिए, सोही प्रस्तावित विधानमा आजबाट समूहगत रूपमा छलफल हुन लागेको हो । बैठकमा केन्द्रीय कमिटीका ४ सय १० सदस्य साथै प्रदेश र जिल्ला कमिटी, भ्रातृ संगठन लगायतबाट देशभरि तथा प्रवाससमेत गरी करिब ८०० प्रतिनिधिहरू सहभागी भएर समूहगत छलफल गर्न लागेका हुन ।
पुनः एकल नेतृत्वमा फर्काउने जसपा नेपालका विधान पारित भएमा अध्यक्ष यादव पुनः शक्तिशाली हुनेछन् । विधानले ७० बर्से उमेर हदको व्यवस्थाका साथै एक व्यक्ति एउटै पदमा दुई कार्यकाल भन्दा बढी बस्न नपाउने जस्ता नयाँ व्यवस्था राखेर विधान प्रस्तुत गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण