‘परस्त्री’ युनिटलाई मुम्बईमा सम्मान
काठमाडौंँ । सुरज पाण्डे निर्देशित ‘परस्त्री’ युनिट अहिले मुम्बईमा छ । फिल्मको भारत रिलिज तथा प्रचार प्रसारका लागि भन्दै निर्माण युनिट केही दिन भारत पुगेको हो । निर्मात्री शर्मिला पाण्डे, निर्देशक सुरज पाण्डे, अभिनेत्री शिल्पा मास्के, गौरव विष्ट लगायत कलाकार अहिले भारत पुगेका छन् । आइतबार निर्माण टिमलाई मुम्बईमा संयुक्त नेपाली महासंघ मुम्बई भारतले एक कार्यक्रमका बीच सम्मान तथा सत्कार गरेको छ ।
कार्यक्रममा निर्माण युनिटले मुम्बईमा पत्रकार सम्मेलन गर्दै फिल्मको कथावस्तु र भारत प्रदर्शनको उद्देश्य बारेमा अन्र्तक्रिया गरेको छ । विवाहोत्तर सम्बन्धले निम्त्याउने पारिवारिक र सामाजिक संकटको कथावस्तुमा निर्माण भएको फिल्ममा निरज कँडेलको छायांकन रहेको छ । फिल्ममा कोशिस क्षेत्री, शिल्पा मास्के, गौरव विष्ट, अलिसा क्षेत्री, अशान्त शर्मा, रामबाबु रेग्मी, सरस्वती अधिकारी, झकेन बिसी र अर्पित न्यौपानेको अभिनय छ ।
शर्मिला पाण्डे र दीपेन्द्र के खनाल निर्माता रहेको फिल्मका लेखक खनाल नै हुन् । फिल्मलाई जिजिए ग्रुप र डिसिएनले वितरण गर्दैछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कटुवा पेस्तोल र गोलीसहित सैलुन सञ्चालकसहित ३ जना पक्राउ
-
ब्रसेल्समा निर्माणाधीन भवनमा भीषण आगलागी : लिफ्टभित्रै कयौँको मृत्यु, ६ जना अझै बेपत्ता
-
१० बजे १० समाचार : पूर्वमन्त्रीहरूलाई जेलको बास, सरकारलाई राजदूत नियुक्तिमै सकस
-
नक्कली नोट छाप्ने मेसिनसहित रुपन्देहीमा ६ जना प्रकाउ
-
हिँडेरै मैदानमा तहल्का मच्चाउँदै आधुनिक फुटबलका राजा
-
अनलाइन सट्टाबाजी गर्ने ४ जना पक्राउ, २ करोडभन्दा बढीको कारोबार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण