आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

पशुपतिमा नाम लेखाउने रहर जागेर ओलीले जलहरी राखेका रहेछन् : सांसद दाहाल

सोमबार, ११ असार २०८०, १९ : ०१
सोमबार, ११ असार २०८०

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सांसद लेखनाथ दाहालले पशुपतिनाथ मन्दिरमा सुनको जलहरी राख्ने तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णय गलत भएको बताएका छन् । 

सोमबार संसद् भवनबाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले जनता कोरोनाको मारमा परेको बेलामा औषधि उपचार गर्न समेत अप्ठ्यारो रहेको अवस्थामा पशुपतिनाथमा सुनको जलहरी राख्ने निर्णय वस्तुगत र वास्तविकता भन्दा माथि रहेको बताएका हुन् । 

उनले २ सय वर्षदेखि नियमित चाँदीको जलहरी लगाइरहेको ठाउँमा सुनको जलहरी लगाउनुपर्ने आफैँमा वस्तुगत निर्णय नभएको उनको जिकिर छ । 

उनले भने, ‘केपी ओलीजीले सुनको जलहरीमा आफ्नो नाम लेख्नुभएको छ । विद्या भण्डारीको नाम, भानुभक्त ढकालको नाम, लगायत धेरैको नाम लेख्नुभएको रहेछ । पशुपतिमा नाम लेखाउने रहर जागेर उहाँले लगाउनुभएको रहेछ । अख्तियारले हात हालिसकेपछि सबै विषय बाहिर ल्याउनुपर्छ ।’ 

सांसद दाहालले जलहरी बनाउन दाताहरूले दिएको रकम उल्लेख नगराइएको भन्दै सबै पक्षहरूको निष्पक्ष अनुसन्धान हुनुपर्ने माग गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप