ज्योति विकास बैंकद्वारा धान रोप्ने मेसिन प्रदान
काठमाडौँ । ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वका लागि स्थापना गरेको ‘हाम्रो विकास प्रवर्द्धन कोष’ मार्फत तिलोत्तमा–१०, शान्तिनगर, रुपन्देहीस्थित उद्यमशील टोल विकास संस्थालाई एक थान धान रोप्ने मेसिन प्रदान गरेको छ ।
कृषि उत्पादकत्वमा अभिवृद्धि, सामूहिक कृषि प्रवर्द्धन र कृषकहरुलाई धान रोप्नमा सहजता प्रदान गर्ने हेतुले अत्याधुनिक स्वचालित धान रोप्ने मेसिन खरिदका लागि बैंकले आर्थिक सहयोग गरेको हो ।
एक कार्यक्रमकाबीच ज्योति विकास बैंकका तर्फबाट बैंकका बुटवल क्लस्टर कार्यालय प्रमुख कपिल न्यौपाने र बैंकका मणिग्राम शाखाका शाखा प्रबन्धक श्री खगेन्द्र थापाले संयुक्त रूपमा उद्यमशील टोल विकास संस्थाका अध्यक्ष घन सिंह पुनलाई उक्त धान रोप्ने मेसिन औपचारिक रूपमा हस्तान्तरण गरेका थिए ।
उक्त कार्यक्रममा लुम्बिनी प्रदेश, कृषि तथा भूमि व्यवस्था मन्त्री भण्डारीलाल अहिर, विभिन्न स्थानीय निकायका पदाधिकारीहरू लगायत स्थानीय कृषकहरूको उपस्थिति रहेको थियो । उक्त धान रोप्ने मेसिन प्रयोगमा आए सँगै सो विकास समितिमा आबद्ध करिब १०० भन्दा बढी कृषक परिवारहरू प्रत्यक्ष रूपमा लाभान्वित हुने बैंकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण