आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

साफ च्याम्पियनसिप : आज नेपालले पाकिस्तानको सामना गर्ने

मङ्गलबार, १२ असार २०८०, ०८ : १०
मङ्गलबार, १२ असार २०८०

काठमाडौँ । भारतमा जारी १४ औँ संस्करणको साफ च्याम्पियनसिपमा फुटबलमा आज नेपाल र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदै छ । अखिल नेपाल फुटबल सङ्घका अनुसार समूह चरणको अन्तिम खेलमा नेपालले आज पाकिस्तानसँग प्रतिस्पर्धा गर्न लागेको हो । 

सो खेल बैंगलोरस्थित कांतिराव स्टेडियममा दिउँसो ३ः४५ बजेबाट सुरु हुनेछ। साबिक उपबिजेता नेपाल र पाकिस्तान दुबै टोली प्रतियोगिताबाट भने बाहिरिइसकेका छन् । समूह ‘ए’ मा रहेको नेपाल २ खेलमा अङ्कविहीन रहँदै तेस्रो स्थानबाट बाहिरिएको हो भने पाकिस्तान पनि २ खेलमा अङ्क विहीन रहँदै पुछारमा रहेर बाहिरिन पुगेका हो । दुवै टोली भारत र कुवेतसँग पराजित भएर प्रतिस्पर्धा बाहिर रहन पुगेका हुन् ।

पहिलो खेलमा नेपाल कुवेतसँग र दोस्रो खेलमा भारतसँग पराजित भएको थियो भने पाकिस्तान पहिलो खेलमा भारत र दोस्रो खेलमा कुवेतसँग पराजित भएको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप