साफ च्याम्पियनसिप : आज नेपालले पाकिस्तानको सामना गर्ने
मङ्गलबार, १२ असार २०८०, ०८ : १०
काठमाडौँ । भारतमा जारी १४ औँ संस्करणको साफ च्याम्पियनसिपमा फुटबलमा आज नेपाल र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदै छ । अखिल नेपाल फुटबल सङ्घका अनुसार समूह चरणको अन्तिम खेलमा नेपालले आज पाकिस्तानसँग प्रतिस्पर्धा गर्न लागेको हो ।
सो खेल बैंगलोरस्थित कांतिराव स्टेडियममा दिउँसो ३ः४५ बजेबाट सुरु हुनेछ। साबिक उपबिजेता नेपाल र पाकिस्तान दुबै टोली प्रतियोगिताबाट भने बाहिरिइसकेका छन् । समूह ‘ए’ मा रहेको नेपाल २ खेलमा अङ्कविहीन रहँदै तेस्रो स्थानबाट बाहिरिएको हो भने पाकिस्तान पनि २ खेलमा अङ्क विहीन रहँदै पुछारमा रहेर बाहिरिन पुगेका हो । दुवै टोली भारत र कुवेतसँग पराजित भएर प्रतिस्पर्धा बाहिर रहन पुगेका हुन् ।
पहिलो खेलमा नेपाल कुवेतसँग र दोस्रो खेलमा भारतसँग पराजित भएको थियो भने पाकिस्तान पहिलो खेलमा भारत र दोस्रो खेलमा कुवेतसँग पराजित भएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तराई–मधेसका युवाहरूले सुरु गरे ‘हुँकार मधेस’ अभियान
-
तिलगंगाबासी भन्छन् – ‘हामी सुकुमबासी होइनौँ, राज्यले अधिकार हनन् गर्यो’
-
बाराको त्रिवेणी मिल्समा लागेको आगो नियन्त्रणमा
-
नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न निर्मम बन्छौँ : अर्थमन्त्री वाग्ले
-
सामाजिक सुरक्षा कोषलाई श्रम मन्त्रालयअन्तर्गत ल्याउनुपर्ने जेटियुसीसीको माग
-
परीक्षामा बरामद गरिएका ४९६ थान मोबाइल नष्ट, के भन्छ सिरहा प्रहरी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण