ललिता निवास प्रकरण
ललिता निवास प्रकरणका आरोपित मीनबहादुर गुरुङ पक्राउ
मङ्गलबार, १२ असार २०८०, ११ : २३
काठमाडौँ । भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ परेका छन् । ललिता निवास प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले उनलाई उनैको निवास नक्सालबाट पक्राउ हो ।
ललिता निवासको २९९ रोपनी ३ आना सरकारी जग्गा हिनामिना प्रकरणमा उनी आरोपित रहेका छन् । ललिता निवास प्रकरणमा सरकारी कागज कीर्ते गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको जानकारी दिएको छ ।
यस प्रकरणमा गुरुङले शोभाकान्त ढकाल, रामप्रसाद सुवेदी तथा मालपोत कार्यालयका हुपेन्द्रमणि केसी र टीका घिमिरेसँगको मिलोमतो सबैभन्दा धेरै जग्गा खरिद गरेको पाइएको थियो । २०७७ सालमा विशेष अदालतले व्यवसायी गुरुङसँग दुई करोड रुपैयाँ धरौटी माग गरेको थियो । मुद्दा दायर भएको एक वर्षपछि उनी अदालतमा उपस्थित भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण