नेपाल र पाकिस्तानबीचको खेल पहिलो हाफ गोलरहित बराबरीमा
काठमाडौँ । साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा मंगलबार नेपाल र पाकिस्तानले पहिलो हाफ गोलरहित बराबरी खेलेका छन् । साफ च्याम्पियनसिपको १४औं संस्करण भारतको बैंगलोरस्थित कांतिराव स्टेडियममा भइरहेको छ ।
विश्व फुटबल महासंघ (फिफा) को पछिल्लो वरीयतामा नेपाल १७४औं र पाकिस्तान १९५औं स्थानमा छन् । नेपाल र पाकिस्तान दुबैले समूहगत चरणको आफ्नो अन्तिम खेलिरहेका हुन् । प्रतियोगिताको समूह ‘ए’ मा रहेका नेपाल र पाकिस्तान यसअघि नै उपाधिको होडबाट भने बाहिरिइसकेका छन् ।
उक्त समूहबाट आयोजक भारत र कुवेत सेमिफाइनलमा पुग्ने पक्का भइसकेको छ । नेपाल आफ्नो पहिलो खेलमा कुवेतसँग ३—१ गोलले पराजित भएको थियो । दोस्रो खेलमा भारतले नेपाललाई २—० गोलले हराएको थियो । पाकिस्तान भने आफ्नो पहिलो खेलमा भारतसँग ४—० गोलले हारेको थियो । दोस्रो खेलमा कुवेतले पाकिस्तानलाई ४—० गोलले हराएको थियो ।
साफ च्याम्पियनसिप दक्षिण एसियाली फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता हो । पुरुष साफ च्याम्पियनसिपमा यस पटक साफ च्याम्पियनसिपमा आठ वटा राष्ट्रको सहभागिता रहेको छ । प्रतियोगितामा नेपालसहित आयोजक भारत, बङ्गलादेश, भुटान, पाकिस्तान, मालदिभ्स, कुवेत र लेबनानले प्रतिस्पर्धा गर्दैछन् ।
फिफाको प्रतिबन्धमा परेका कारण श्रीलंकाले भने यो संस्करणमा सहभागिता जनाउन पाएन । यस पटक कुवेत र लेबनानलाई भने आमन्त्रित टोलीको रूपमा सहभागी गराइएको हो । नेपाल साफ च्याम्पियनसिपको साविक उपविजेता टोली हो ।
सबैभन्दा बढी साफ च्याम्पियनसिपको उपाधि जित्ने राष्ट्र भारत हो । साविक विजेतासमेत रहेको भारतले हालसम्म आठ पटकसाफ च्याम्पियनसिपको उपाधि जितेको छ । मालदिभ्सले दुईपटक साफ च्याम्पियनसिप जितेको छ । बंगलादेश, श्रीलंका र अफगानिस्तानले भने एक—एक पटक उपाधि जितेका छन् । अफगानिस्तान यस पटक प्रतियोगितामा सहभागी छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
-
सचिव पुष्कर प्रधानमन्त्री कार्यालयको जगेडामा तानिए
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
-
परीक्षामा जफत गरिएका मोबाइल नष्ट प्रकरण : अभिभावकले जनाए आपत्ति
-
प्रहरीको प्राविधिक तर्फका ५ डीएसपीको सरुवा
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण