अमेजन जङ्गलबाट ४ बालबालिकाको उद्धार गर्ने टोलीलाई राष्ट्रिय सम्मान, कुकुरको सालिक बनाइने
बोगोटा । अमेजनको जङ्गलबाट ४० दिनपछि ४ बालबालिकाको उद्धार गर्ने सेनाका जवानलाई कोलम्बिया सरकारले सम्मान गरेको छ ।
यस उद्धार अभियानलाई अपरेसन होप नाम दिइएको थियो र यसमा संलग्न सैनिक र अन्य सदस्यहरूलाई 'अर्डर अफ बोयाका' नामक अवार्ड दिइएको थियो। यो कोलम्बियाका नागरिकहरूलाई दिइने उच्च डिग्री र सशस्त्र बलहरूलाई सम्मानित दोस्रो उच्च डिग्री हो।
अवार्ड दिने क्रममा राष्ट्रपति गुस्ताभो पेट्रोले भने– पदक त एउटा प्रतीक मात्र हो । वास्तविक पुरस्कार जीवन हो र यी उद्धारकर्मीहरूले प्रमाणित गरेका छन्। उद्धारकर्मीहरूले बालबालिकाको समुदायलाई अपरेसनमा सामेल गरे र हामी कसरी एकजुट भएर धेरैको ज्यान बचाउन सक्छौँ भनेर प्रमाणित गरे।
उनले भने– अहिले पश्चिमी वा परम्परागत चलन कुन राम्रो भन्नेमा विवाद बाँकी छैन । दुवै विचारधाराले मिलेर यी बालबालिकालाई उद्धार गरेर घर ल्याएका छन् ।
यस कार्यमा संलग्न सेनाको स्निफर डग विल्सनलाई पनि सम्मान गरिएको थियो । यो कुकुर जङ्गलबाट बालबालिकाको उद्धार गरेर अमेजनमा हराएको थियो । फेला पार्न अपरेसन पनि सुरु गरिएको छ । तर, कोलम्बियाका एक सैन्य अधिकारीले भने– अहिले विल्सन फेला नपर्ने डर छ ।
उद्धार कार्यका प्रमुख जनरल पेड्रो सान्चेजले ६ वर्षीय डग विल्सनको विरासतको सम्झनामा स्मारक निर्माण गरिने बताए ।
अमेजन जङ्गलमा प्लेन दुर्घटना हुँदा हराएका ४ जना बालबालिकालाई ४० दिन पछि जीवितै भेटिएको थियो, जसले संसारलाई नै चकित पारिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण