जसपामा उपेन्द्र यादव सात वर्ष, अशोक राई चार वर्ष मात्र रहने !
काठमाडौँ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव पार्टीमा सात वर्ष मात्र रहन पाउने भएका छन् । जसपाले बनाएको नयाँ विधानमा ७० वर्षे उमेर हद तोकिएको छ । यदि त्यो प्रावधान कार्यान्वयनमा आए पार्टी अध्यक्ष यादवले सात वर्षपछि पार्टीबाट अवकाश लिनुपर्ने हुन्छ ।
अध्यक्ष यादवको हालको उमेर ६३ रहेको छ । विधानमा ७० वर्षपछि पार्टीको केन्द्रीय समितिका लागि योग्य नहुने भनेको छ । त्यस्तै, पार्टी संघीय परिषद्का अध्यक्ष अशोक राईले चार वर्षपछि पार्टीबाट अवकाश लिनुपर्ने हुन्छ । शिक्षा मन्त्री समेत रहेका अध्यक्ष राईको हालको उमेर ६६ वर्ष रहेको छ । विधान तत्कालै कार्यान्वयनमा आए चार वर्षपछि राईले पनि पार्टीबाट अवकाश प्राप्त गर्नेछन् ।
तीन दिनसम्म चलेको विधान अधिवेशनमा ७० वर्षे उमेर हदको बारेमा व्यापक छलफल भएको थियो । सो छलफलमा अधिकांशले उमेर हदलाई समर्थन गरेका थिए भने केहीले यसको विपक्षमा धारणा राखेका थिए । अधिवेशनमा उठेका विषयहरूलाई समेटेर विधानलाई अन्तिम रूप दिन जसपाका अध्यक्ष यादवको संयोजकत्वमा एक समिति गठन भएको छ । समितिले उठेका विषयवस्तुलाई समावेश गरी अन्तिम रूपमा दिएर प्रमाणीकरण गरेपछि मात्र कार्यान्वयनमा आउनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण