कविता
नाद ब्रह्मस्वरुप हो
शनिबार, १६ असार २०८०, ०६ : ५४
ब्रह्माण्ड गुन्जिरहने
म मिठो धुन हुँ
तिमी सुन या नसुन
म तिम्रो नाद हुँ ।
प्रतिबन्धित छैन म
अनुबन्धित भइन म
सुमधुर गुन्जन हुँ म
सबैबाट स्वतन्त्र छु म ।
नादमै जन्मियौ तिमी
नादमा नै तिमी हुँर्कियौ
नादमै रमाउँदै तिमी
नादमा नै हराउँछौ
तिमीभित्र धड्किरहने
एक जीवन्त प्राण हो नाद ।
त्रिनेत्रको बास हो
साक्षात् ब्रह्मनाद हो
ब्रह्माण्डको अस्तित्व हो नाद
पृथ्वीको आत्मा हो
कृष्णको बाँसुरी हो नाद
शिवको डमरु हो नाद ।
परमात्माको मधुर आवाज हो
सर्वव्यापी रूप हो नाद
नाद निराकार स्वरूप हो
नाद ब्रह्मस्वरुप हो ।
बकैया–९, मकवानपुर
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण