ललिता निवास प्रकरणमा मेरो स्वार्थ जोडिएको छैन : डा.भट्टराई
काठमाडौँ । ललिता निवास प्रकरणमा आफ्नो नाम मुछिएपछि पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले सो प्रकरणमा आफ्नो वा आफू निकट कुनै व्यक्तिको स्वार्थ नजोडिएको दाबी गरेका छन् । देशमा राज्यको सम्पत्ति निजी लाभको निम्ति दोहन गर्ने र शक्तिको दुरुपयोग गर्ने प्रवृत्ति भयङ्कर रूपले झाँगिएको स्थितिमा ललिता निवास लगायत सबै भ्रष्टाचारका काण्डहरूको निष्पक्ष छानबिन होस् र दोषीलाई कडाभन्दा कडा कारबाही होस् भनेर आफूले निरन्तर आवाज उठाइरहेको डा.भट्टराईले स्मरण गराएका हुन् ।
आम जनतालाई गुड र गोबर छुट्याउन सहज होस् भनेर उनले यो प्रकरणको छिटो टुंगो लगाउन मागसमेत गरेका छन् । कसैले आफ्नो दाग छोप्न अरूमाथि हिलो छ्याप्न नपाओस् भनेर पनि डा.भट्टराईले सचेत गराएका छन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन् :
‘ललिता निवास प्रकरणको पुछारमा मेरो प्रमकालको मन्त्रिपरिषद्को निर्णय पनि जोडिन पुगेकाले धेरै महानुभावहरूले चिन्ता र चासोसहित वास्तविकता सार्वजनिक गरिदिन आग्रह गर्नुभएको छ। मेरो करिब १९ महिने प्रमकालमा प्रकृयागत ढंगले सयौं निर्णय भएका छन् । तीबारे प्रमले सबै सम्झनसक्ने कुरो हुॅदैन म प का निर्णयहरू एकाध बाहेक सबै सम्बन्धित मन्त्रालयबाटै उत्पत्ति भएर आएका हुन्छन् ! तिनलाई मुख्यसचिवले बैठकमा प्रस्तुत गरेपछि म प को सम्बन्धित समितिमा पठाइन्छ ! त्यसले सबै जाँचबुझ गरेर सिफारिस गरेपछि म प ले विधिवत् निर्णय गर्छ।
ललिता निवास सम्बन्धी प्रस्ताव भूमि व्यवस्था मन्त्रालयबाट आएर म प को सामाजिक (?) समितिमा छलफलपछि मपबाट पारित भएजस्तो लाग्छ।मलाई हल्का सम्झना भएसम्म राज्यको समरजंग कम्पनीको नाममा दर्ता भएको करिब तीन रोपनी जग्गा पशुपति टिकिन्छा गुठीको भन्ने भएकाले वास्तविक तथ्यप्रमाण अभिलेख जाँचबुझ गरी नियम अनुसार गर्ने वा यस्तै आशयको नीतिगत निर्णय भएजस्तो लाग्छ ! यो कुरा मैले अख्तियारको टोलीले केही वर्ष पहिले लिएको बयानमा पनि भनेको छु।
तत्कालीन प्रमको हैसियतले मसँग जोडिएको कुरा यत्ति हो ! त्यसपछि के कसो भयो मलाई थाहा हुने कुरो भएन। कुनै पनि ढंगले यो प्रकरणमा मेरो वा मेरो निकट कुनै व्यक्तिको स्वार्थ जोडिएको छैन र कसैले आजसम्म त्यस्तो आरोप लगाएको पनि छैन !
देशमा राज्यको सम्पत्ति निजी लाभको निम्ति दोहन गर्ने र शक्तिको दुरुपयोग गर्ने प्रवृत्ति भयङ्कर रूपले झाँगिएको स्थितिमा ललिता निवास लगायत सबै भ्रष्टाचारका काण्डहरूको निष्पक्ष छानबिन होस् र दोषीलाई कडाभन्दा कडा कारबाही होस् भन्ने कुरा मैले संसद्मा र बाहिर पनि निरन्तर उठाउँदै आएको छु ! त्यसमा म आजीवन प्रतिबद्ध रहनेछु। बरु यो र यस्ता प्रकरणको छिटो टुंगो लागोस् ताकि आम जनतालाई गुड र गोबर छुट्याउन सहज होस् : अनि कसैले आफ्नो दाग छोप्न अरूमाथि हिलो छ्याप्न नपाओस् !
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण