मुथु राजा : श्रीलङ्काबाट थाइल्यान्ड फर्कियो २९ वर्षीय हात्ती, तर किन ?
श्रीलङ्काले दुई दशकअघि थाइल्यान्डको शाही परिवारबाट उपहारस्वरूप प्राप्त गरेको हात्ती घर पठाएको छ । थाइल्यान्डमा ‘साक सुरिन’ भनेर चिनिने ‘मुथु राजा’ अहिले २९ वर्षको भइसकेको छ ।
थाइल्यान्डले यो हात्तीमाथि गरिने दुर्व्यवहारका लागि गुनासो पोखेपछि श्रीलङ्काको सरकारले यसलाई फिर्ता पठाइदिने निर्णय गरेको छ । दक्षिणी श्रीलङ्काको बौद्ध मन्दिरमा बस्ने मुथु राजालाई यातना दिइने भएकोले यो हात्ती आफूलाई फिर्ता गरिनुपर्ने थाइल्यान्डले जनाएको थियो ।
चार टन वजनको मुथु राजालाई कोलम्बो विमानस्थलमा ल्याइएको थियो जहाँबाट चार्टर कार्गो प्लेनमार्फत लगिएको थियो । उनीसँगै हात्तीको हेरचाह गर्ने र पशु चिकित्सक पनि थिए ।
मुथु राजा स्वदेश फर्कन ७ लाख डलर लागत अनुमान गरिएको छ, जुन थाइल्यान्ड सरकारले व्यहोर्ने छ ।
साथै, यसको चिकित्सा हेरचाह र खानपिनको व्यवस्था श्रीलङ्कामा हुनेछ ।
श्रीलङ्कामा पशु अधिकारका लागि काम गर्ने कार्यकर्ताहरूले मुथु राजलाई दुर्व्यवहार गर्नेहरूलाई कानुनी कारबाही गर्न माग गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिरहामा गोली चल्यो, दुई जना घाइते
-
त्रिविको परीक्षा प्रणालीमा ढिलासुस्ती, साउन १५ भित्र नतिजा सार्वजनिक गर्न माग
-
नवजात शिशुको हत्या आरोपमा दोषी ठहरिएकी महिला निर्दोष
-
बागमती प्रदेशका मन्त्रीहरूको कार्य विभाजन : कसले कुन मन्त्रालय पाए ? (सूचीसहित)
-
बागमतीमा ‘हेलो सीएम’ डेक्स, जनताका गुनासो तत्काल सुनुवाइ हुने
-
घरपालुवा जनावरको मन बुझ्न ट्यारो कार्डको सहारा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण