आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

मुथु राजा : श्रीलङ्काबाट थाइल्यान्ड फर्कियो २९ वर्षीय हात्ती, तर किन ?

आइतबार, १७ असार २०८०, १३ : ११
आइतबार, १७ असार २०८०

श्रीलङ्काले दुई दशकअघि थाइल्यान्डको शाही परिवारबाट उपहारस्वरूप प्राप्त गरेको हात्ती घर पठाएको छ । थाइल्यान्डमा ‘साक सुरिन’ भनेर चिनिने ‘मुथु राजा’ अहिले २९ वर्षको भइसकेको छ ।

थाइल्यान्डले यो हात्तीमाथि गरिने दुर्व्यवहारका लागि गुनासो पोखेपछि श्रीलङ्काको सरकारले यसलाई फिर्ता पठाइदिने निर्णय गरेको छ । दक्षिणी श्रीलङ्काको बौद्ध मन्दिरमा बस्ने मुथु राजालाई यातना दिइने भएकोले यो हात्ती आफूलाई फिर्ता गरिनुपर्ने थाइल्यान्डले जनाएको थियो ।

muthu raja1चार टन वजनको मुथु राजालाई कोलम्बो विमानस्थलमा ल्याइएको थियो जहाँबाट चार्टर कार्गो प्लेनमार्फत लगिएको थियो । उनीसँगै हात्तीको हेरचाह गर्ने र पशु चिकित्सक पनि थिए ।

मुथु राजा स्वदेश फर्कन ७ लाख डलर लागत अनुमान गरिएको छ, जुन थाइल्यान्ड सरकारले व्यहोर्ने छ । 

muthu raja2साथै, यसको चिकित्सा हेरचाह र खानपिनको व्यवस्था श्रीलङ्कामा हुनेछ ।

muthu raja3श्रीलङ्कामा पशु अधिकारका लागि काम गर्ने कार्यकर्ताहरूले मुथु राजलाई दुर्व्यवहार गर्नेहरूलाई कानुनी कारबाही गर्न माग गरेका छन् ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप