जनस्तरमा वित्तीय साक्षरता बढाउनुपर्छ : सांसद श्रेष्ठ
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले जनस्तरमा वित्तीय साक्षरता बढाउनुपर्ने बताएका छन् ।
आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद श्रेष्ठले वित्तीय शिक्षामा सुधार गर्नुपर्ने बताए । उनले जनस्तरमा वित्तीय साक्षरता बढाउनुपर्नेमा जोड दिए । यसको लागि जनचेतना जघाउनुपर्ने आवश्यकता रहेको उल्लेख गरे ।
उनले भने,‘स्थापित राजनीतिक दलकै नेताहरुको संरक्षणमा मिटरब्याज चलिरहेको भन्ने छ । म सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु । प्रहरीको उच्च पदस्थ कर्मचारीहरुकै संलग्नता छ भन्ने बजारमा सुन्छौँ । यसको लागि वित्तीय शिक्षामा हामीले सुधार गर्नुपर्छ जस्तो लाग्छ । वित्तीय साक्षरता बढाउनुपर्छ जस्तो लाग्छ । वित्तीय पहुँचको जनचेतना पनि आवश्यक छ । किसान उद्यमीहरूको पहुँच पुगिरहेको छैन । शिक्षामा ध्यान दिनुपर्छ । कारबाही मात्र समाजलाई सुधार्ने सुचकांक होइन । उत्पादनमा आधारित सहज कर्जा प्रवर्द्धन गर्न पनि हामीले नीति ल्याउन सक्नुपर्छ ।’
सांसद श्रेष्ठले उत्पादनमा आधारित सहज कर्जा प्रवर्द्धनका लागि नीति ल्याउनुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण