सनराइज बैंक भद्रपुर शाखाद्वारा यात्रु प्रतीक्षालयको निर्माण

भद्रपुर । सनराइज बैंक लिमिटेड भद्रपुर शाखाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कोशी प्रदेशको भद्रपुर लनभचस्थित गिरिचोकमा यात्रु प्रतीक्षालयको निर्माण गरेको छ ।
आषाढ १७ गते आइतबार आयोजित कार्यक्रममा भद्रपुर नगरपालिका प्रमुख गणेश कुमार पोखरेल तथा बैंकका कोशी प्रदेश प्रमुख विनोद गजुरेलद्वारा संयुक्त रुपमा उक्त यात्रु प्रतीक्षालयको उद्घाटन तथा हस्तान्तरण गरेका हुन् ।
उक्त कार्यक्रममा भद्रपुर नगरपालिका उपप्रमुख राधा कार्की, वडा नं. ५ का वडाध्यक्ष बन्धु कार्की बैंकका शाखा प्रबन्धक भरत प्रसाई लगायतको उपस्थिति रहेको थियो । उक्त यात्रु प्रतीक्षालयको निर्माणले मेची राजमार्ग तथा भद्रपुर बसपार्कसम्म यात्रा गर्ने दैनिक सयौँ यात्रुहरु लाभान्वित हुने बैंकको विश्वास छ ।
नगरपालिका प्रमुख गणेश कुमार पोखरेलले उक्त कार्यप्रति हार्दिक आभार व्यक्त गर्दै सन्राइज बैंकलाई धन्यबाद ज्ञापन गरेका थिए ।
सनराइज बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत देशैभरी स्वास्थ्य, शिक्षा, शिपमुलक तालिम, वित्तिय साक्षयरता, पूूर्वाधार निर्माण आदि क्षेत्रहरुमा विभिन्न कामहरु गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज ४ संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
प्रहरी विधेयकमा थप नयाँ प्रस्ताव, सीडीओलाई किन यति अधिकार ?
-
नागढुङ्गा नौबिसे सडक विस्तार : यही वैशाख २२ देखि ३१ गतेसम्म पाँच घण्टा बन्द गरिने
-
प्रहरीलाई ‘बुख्याचा’जस्तो बनाउन खोजिएको छ
-
यूथ भिजन-२०३५ निर्माणका लागि छलफल प्रारम्भ
-
जित्नैपर्ने दबाबमा रहेको कोलकातालाई उसैको घरमा चुनौती दिँदै उपाधि होडबाट बाहिरिएको राजस्थान