शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

कोशी प्रदेशको नामकरणबाट एमाले पछि हट्दैन :  ओली

आइतबार, १७ असार २०८०, २२ : २१
आइतबार, १७ असार २०८०

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी कोशी प्रदेशको नामकरणबाट पछि नहट्ने बताएका छन् । सङ्घीय संसद् भवनमा आज पत्रकारहरूसँग कुरा गर्दै उनले प्रदेशको नामकरण दुई तिहाइले पास गरेकाले अरु दल भागे पनि आफ्नो दल नभाग्ने बताए ।

“हामी कोशी प्रदेशमा ४० को सङ्ख्यामा रहेका छौँ । बयासी प्रदेशसभा सदस्यले पास गरेर नामकरण गरिएको हो”, उहाँले भन्नुभयो, “हामी नामकरणबाट भाग्दैनौँ ।” गत फागुनमा प्रदेश नं १ को नाम कोशी राखिएको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप