आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

एनएमबि बैंकमा नि:शुल्क अन्तरबैंक फण्ड ट्रान्सफर र नि:शुल्क डेबिट कार्ड

सोमबार, १८ असार २०८०, १० : ०८
सोमबार, १८ असार २०८०

काठमाडौँ । एनएमबि बैंकले आफ्ना ग्राहकहरूका लागि दुई आकर्षक अफरहरू घोषणा गरेको छ । अफरमा ग्राहकहरूले eNMB एप र वेब मार्फत नेपालको जुनसुकै बैंक खातामा नि:शुल्क रकम ट्रान्स्फर गर्न सक्नेछन् । सो अफर श्रावण मसान्तसम्म लागु हुनेछ ।

साथै एनएमबि बैंकले असार २०८० सम्म आफ्नो ग्राहकहरूलाई नि:शुल्क डेबिट कार्ड समेत जारी गर्ने भएको छ । एनएमबि बैंकका नयाँ वा विद्यमान ग्राहकहरूले कुनै पनि शुल्क बिना नै डेबिट कार्डहरू प्राप्त गर्न सक्नेछन् । एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरू, १३८ एटिएमहरू र १२ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप