राज्य अझै प्रक्रियामै अल्झिरहेको छ : मुख्यमन्त्री शर्मा
सुर्खेत । कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले राज्य अझै पनि आजको आवश्यकतातिर नफर्किएको बताएका छन्। सोमबार वीरेन्द्रनगरका आयोजित विकास निर्माण लगायत समसामयिक विषयमा आयोजित बहस कार्यक्रममा उनले भने,'राज्य अझै दीर्घकालीन विकासतर्फ अग्रसर हुन सकिरहेको छैन । अझै प्रक्रियामै अल्झिरहेको छ।'
राजनीति गर्ने तरिका पछौटेपनमा आधारित रहेको भन्दै मुख्यमन्त्री शर्माले एक दलले गरेको कामकाे अर्को दलले अस्तित्व स्वीकार गर्न नसकेको बताए। यसले विकासलाई अझ पर धकेल्ने काम गरिरहेको उनको भनाई थियो ।
'हामी नियम कानुनमा नबाँधिएर पनि हुँदैन तर, नियम कानुनले अन्तर्विरोध सृजना गरिदिएका छन्,' उनले भने,'पहिलो कुरा विकास सोचमा हुनुपर्छ। राज्य अलि प्रक्रियामुखी छ। प्रक्रिया खोज्दा खोज्दा हामी कहिले कहाँ पुग्ने ठेगान छैन।'
शर्माले विकास विकासका लागि हाेइन समाज रूपान्तरणको लागि हुनुपर्ने बताए । साथै उनले कर्णालीको जडीबुटीलाई प्रयोग गर्ने सके समर्थ देशलाई कर्णालीले पाल्न सक्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण