मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

वर्कशपमा जुट्यो ‘हात्तीछाप’

सोमबार, १८ असार २०८०, ११ : १३
सोमबार, १८ असार २०८०

काठमाडौँ । सिमोस सुनुवारको निर्देशन रहने फिल्म ‘हात्तीछाप’ को वर्कशप सुरु भएको छ । आइतबारबाट सुरु भएको वर्कशपमा फिल्मका मुख्य भुमिकामा अभिनय रहने कलाकारहरु दयाहाङ राई, उपासना सिंह ठकुरी लगायत सहभागी भए । ४ दिन वर्कशप गरेपछि फिल्मको छायांकन सुरु गरिने निर्माता किरण नेपालीले जानकारी गराए ।

फिल्ममा सौगात मल्लको पनि मुख्य भूमिका रहने छ । तर सौगातले भने फिल्मको छायांकनमा साउन लागेपछि मात्र आफूलाई जोड्नछन् । सामाजिक कथावस्तुमा निर्माण हुने फिल्मको २१ असारबाट सुरु हुनेछ । फिल्म प्रदीप भारद्धाजले लेखेका हुन् । प्रदीपलाई लेखनमा सिमोसले समेत सघाएका छन् ।

दया, सौगात, उपासनाको साथमा विल्सन विक्रम राई, गौरव पहारी, वुद्धि तामाङ, बिजय बराल, कमलमणि नेपाल, राजन खतिवडा, पुस्कर गुरुङ, प्रकाश घिमिरे, बिनोद न्यौपाने, कबिता आले, सुष्मा निरौला, रविन्द्र झा, रीयर राई, अनुप न्यौपाने, काजल रिमाल लगायतका कलाकारको अभिनय फिल्ममा रहनेछ । 

फिल्मको छायांकन काठमाडौं र पोखरामा हुने निर्माणपक्षले बताएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप