बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय
बागमती प्रदेश

बागमतीमा सहमति : आजदेखि एमालेले प्रदेश सभा बैठक अवरोध नगर्ने

सोमबार, १८ असार २०८०, १३ : २५
सोमबार, १८ असार २०८०

मकवानपुर । बागमती प्रदेशमा प्रदेश सभा बैठक सञ्चालन गर्ने विषयमा दलहरूबीच सहमति भएको छ । बजेटमा असन्तुष्टि जनाउँदै आएको प्रतिपक्षी दल नेकपा एमाले र राप्रपाको मागलाई बजेटमा सम्बोधन गर्ने सत्तारुढ दलले प्रतिबद्धता जनाएसँगै बैठक आजदेखि सुचारु हुने भएको हो ।

बैठक सञ्चालनका लागि आज सर्वदलीय बैठकको आयोजना गरिएको थियो । बैठकमा एमालेबाट प्रमुख सचेतक मधुसूदन पौडेल, अर्थमन्त्री बहादुर सिंह लामा, माओवादीका मुख्य सचेतक रत्न ढकाल तथा राप्रपा दलको नेता उद्धव थापा सहभागी थिए । बैठकमा एमालेले आफ्नो बजेटबारे योजना लिखित रूपमा सरकारलाई प्रस्तुत गर्ने र सरकारले त्यसलाई बजेटमा समावेश गर्ने सहमति भएको सो बैठकमा सहभागी एक नेताले बताए । सहमतिसँगै आज २ बजे प्रदेश सभा बैठक बस्नेछ । यसअघि प्रदेशसभा बैठक सोमबार बिहान ११ बजेका लागि बोलाइएको थियो ।

आइतबार दिउँसो २ बजेका लागि बोलाइएको बैठक विपक्षी दलको अवरोधका कारण बस्न सकेको थिएन । यसअघि गएको बिहीबार पनि विपक्षी दलहरूको अवरोधका कारण प्रदेशसभा बैठक स्थगित गरिएको थियो ।  

विपक्षीको निरन्तर अवरोधका कारण आगामी आर्थिक वर्षको लागि विनियोजित बजेटमाथि छलफल अघि बढ्न सकेको छैन ।  प्रतिपक्षी दल एमाले र राप्रपाले बजेट सत्तापक्षका सांसद र मुख्यमन्त्री, आर्थिक मामिला मन्त्री र भौतिक पूर्वाधार मन्त्रीको निर्वाचन क्षेत्रमा बढी केन्द्रित गरेको आरोप लगाउँदै पुनः लेखन गर्नुपर्ने माग गर्दै आएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप