वैदेशिक रोजगार विभागले निकाल्यो १०० जनाभन्दा बढी श्रमिक पठाउने मेनपावरको सूची
काठमाडौँ । वैदेशिक रोजगार विभागले चालु आर्थिक वर्षमा १०० जनाभन्दा बढी श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउने व्यवसायीहरूको सूची सार्वजनिक गरेको छ । असार मसान्त सकिन केही दिन मात्र बाकी रहेका बेला विभागले १०० जनाभन्दा बढी श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउने व्यवसायीहरूको सूची सार्वजनिक गरेको हो ।
सार्वजनिक गरिएको सूची अनुसार सबैभन्दा बढी द रिभर ओभरसिजले श्रमिक पठाएको देखिन्छ । सुर्यविनायकमा रहेको उक्त कम्पनीले सबैभन्दा बढी ५ हजार १२ जनालाई वैदेशिक रोजगारीमा पठाएको देखिन्छ ।
त्यस्तै इन्टरनेशनल मेनपावर रिक्युटमेन्टले ५ हजार २ जनालाई चालु आर्थिक वर्षमा वैदेशिक रोजगारीमा पठाएको देखिन्छ ।
विभागले वर्ष दिनमा १०० जनाभन्दा कम श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउनको नाम भने सार्वजनिक गरेको छैन ।
१०० जनाभन्दा कामदार नपठाउने व्यवसायीको नवीकरण नहुने कानुनी व्यवस्था छ । तर, विगत केही वर्षदेखि कोरोना महामारीको कारण देखाउँदै जति कामदार पठाएपछि नवीकरण हुँदै आएको छ । तर, यो पटक भने विभागले १०० जनाभन्दा कम कामदार पठाउने व्यवसायीको नवीकरण गर्न मानेको छैन । नवीकरण गर्न नमान्दा ३०० भन्दा बढी मेनपावर व्यवसायीको लाइसेन्स नै खारेज हुने देखिएको छ ।
व्यवसायीहरूले १०० कामदार पठाउनुपर्ने कोटा हटाउनुपर्ने माग राख्दै आएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले उक्त ऐन संशोधन गरेर संसद्मा पेश गरेको जनाएको छ । मन्त्री शरतसिंह भण्डारीले मन्त्रिपरिषद्बाट पारित भएर संसद्मा पेश गरिएको बताए । संसदबाट पास भएपछि उक्त नियम कार्यान्वयनमा जाने उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण