नागरिकतामा प्रक्रियाका नाममा कर्मचारीले सास्ती दिएपछि बिचौलिया हावी
जनकपुरधाम । हालै जारी ऐन अनुसार जन्मसिद्ध नेपाली नागरिकका सन्तानलाई नागरिकता वितरणका क्रममा जिल्ला प्रशासन कार्यालयमा आवश्यक कागजपत्र जुटाउन सकस भइरहँदा बिचौलिया हाबी हुन थालेका छन् ।
जिल्ला प्रशासन कार्यालय धनुषामा नागरिकता लिनेहरुको घुइँचो लागेको छ । नयाँ नागरिकता ऐन आएपछि जन्मसिद्ध नागरिकका सन्तानहरु नागरिकता लिन जिल्ला प्रशासनमा आउने गरेका छन् । कार्यालयमा भिड बढेसँगै कर्मचारीहरुले सेवाग्राहीलाई आवश्यक कागजपत्रबारे राम्रोसँग बुझाउन नसक्दा बिचौलियाको भर पर्नुपर्ने बाध्यता रहेको सेवाग्राही बताउँछन् ।
मिथिला नगरपालिका–८ कुसुम, बिछौनाका सुदिपकुमार महतो दुई जिल्ला प्रशासन कार्यालय धाए । पहिलो दिन सिफारिस र साइन स्टाम्प छैन भनेर कर्मचारीले फर्काएको उनी बताउँछन् । सबै कागजातहरु ल्याए पनि नाता प्रमाणित र स्थानीय बसोबास सिफारिसको कागज नभएको भन्दै दोस्रो दिन फेरि कर्मचारीले फर्काएको उनले बताए ।

तर जिल्ला प्रशासन कार्यालय आसपास घुम्ने गरेका बिचौलियाले २५ हजार रुपैयाँ दिएमा तत्कालै नागरिकता बनाइदिने भनेर आफूसँग पैसाको बार्गेनिङ गरेको उनले सुनाए ।
यस्तै बटेश्वर गाउँपालिका–१ का मनोहर महतो र उनका भाइ दिपेश्वर महतो नागरिकता बनाउन दुई दिनदेखि जिल्ला प्रशासन कार्यालय धाइरहेका छन् ।

जिल्ला प्रशासनका अधिकृतले उनीहरुलाई वडाबाट स्थानीय बसोबास सिफारिस प्रमाणपत्र सहित र विवाह दर्ताको प्रमाणपत्रको फोटोकपी ल्याउन भनेका छन् । आफूहरुसँग दुवै कागजपत्र भए पनि विभिन्न बहानामा कर्मचारीले पन्छाइरहेको उनीहरुको गुनासो छ ।
आफूसँगै आएका एक जनाले भने बिचौलियालाई पैसा दिएर नागरिकता लिएको महेश्वर बताउँछन् ।
सेवाग्राहीहरुलाई अनाहकमा कर्मचारीले दुःख नदिएको प्रमुख जिल्ला अधिकारी काशीराज दाहालको दाबी छ । उनले अनाहकमा सेवाग्राहीलाई दुःख नदिन कर्मचारीलाई निर्देशन नै दिएको बताए ।
तर पनि कसैले सेवाग्राहीलाई दुःख दिएर घुस वा केही लिए आफूलाई जानकारी गराउन उनले आग्रह गरे । त्यस्ता कर्मचारीलाई कारबाही गर्ने उनको प्रतिबद्धता छ ।
उनले विचौलियालाई जिल्ला प्रशासन कार्यालयमा निषेध गर्न सादा पोशाकमै प्रहरी परिचालन गरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेस एक्सको मूल्य १.७५ ट्रिलियन डलर पुगेको दाबी
-
कोरला नाकाबाट भित्रिएका थप २४ विद्युतीय गाडी नियन्त्रणमा
-
उत्तर कोरियाको आणविक दौड तीव्र
-
एसीसी महिला प्रिमियर कप : भुटानलाई सजिलै हरायो नेपालले
-
निन्दा नदी किनारमा बाढी नियन्त्रण गर्न चार हजार बाँसका बिरुवा रोपियो
-
ताइवान भ्रमणको कारण चार न्यूजिल्यान्ड सांसदमाथि चीनको यात्रा प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण