इजरायली जेलबाट ‘शुक्रकिट’को तस्करी, एक प्यालेस्टाइनी कैदी पक्राउ
तेल अवीभ । दक्षिण इजरायलको रामोन जेलमा बन्दी रहेका एक प्यालेस्टिनी कैदी अर्का कैदीको शुक्रकीट तस्करी गर्दा गर्दै पक्राउ परेका छन् । कारागार अधिकारीहरुले मंगलबार सो जानकारी दिएका हुन् । रामन कारागार बाहिर सुधार गृहमा बस्ने एक कैदीसँग ‘वीर्य’ भरिएको शीशी फेला परेको छ ।
योसँगै यो वीर्य भएको कैदीको पनि पहिचान भएको छ । उनलाई एकान्त कारागारमा पठाइएको छ । यो थाहा हुन आएको छ कि तस्करी गरिएको शुक्राणुबाट कैदीहरूका बच्चाहरू जन्माने बिषय प्यालेस्टाइनमा एक धेरै संवेदनशील मुद्दा बनेको छ।
इजरायली जेलमा थुनिएका प्यालेस्टिनीहरुको ‘तस्करी’ को शुक्रकीटबाट हालसम्म १०० भन्दा बढी बालबालिकाको जन्म भएको बताइएको छ ।
कैदीहरूका पत्नीहरूले इन भिट्रो फर्टिलाइजेसन (आईभीएफ) मार्फत आफूलाई गर्भाधान गरिरहेका छन्। यस तरिकाले सफलतापूर्वक बच्चा जन्माउन कम्तिमा १० हजार डलर खर्च हुन्छ, जुन सामान्यतया धेरै बढी नै हुन्छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तत्कालीन उपाध्यक्ष र प्रशासकीय अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
गुठी संस्थानको प्रशासकमा शैलेन्द्र कुँवर नियुक्त
-
‘संस्थापन इतरका नेता-कार्यकर्ता ‘लास र दास’ होइनन्, कांग्रेसका असली भरोसा हुन्’
-
दुई विमानस्थलमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक
-
नयाँ पार्टी निर्माणको प्रक्रियामा लाग्नुपर्छ : मोहनबहादुर बस्नेत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण