सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

नेपाल आइपुग्यो २० हजार भाइल एचपीभी खोप

मङ्गलबार, १९ असार २०८०, २१ : ५१
मङ्गलबार, १९ असार २०८०

काठमाडौँ  । पाठेघर मुखको क्यान्सरविरुद्धक लगाइने एचपीभी खोप नेपाल आइपुगेको छ । नेपालले खरिद गरेको २० हजार भाइल एचपीभी खोप मंगलबार नेपाल आइपुगेको स्वास्थ्य सेवा विभागको खरिद शाखा प्रमुख डा। सुरेन्द्र चौरासियाले जानकारी दिएका छन् ।

सरकारले पहिलो पटक खरिद गरेको उक्त खोप ९ देखि १४ वर्षका उमेर समूहका किशोरीलाई दिइने उनको भनाइ छ । अहिले पाइलट प्रोजेटको रूपमा खोप लगाइने भएकाले कहाँ–कसरी लगाउने भन्ने विषयमा छलफल भइरहेको उनले बताए ।

महिलामा हुने पाठेघरको मुखको क्यान्सरलाई न्यूनीकरण गर्नका लागि पहिलो पटक एचपीभी विरुद्धको खोप लगाउन लागिएको हो ।

एक नयाँ अध्ययनका अनुसार एचपीभी खोपले ९० प्रतिशतसम्म पाठेघरको मुखको क्यान्सरको जोखिम घटाउँछ ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप