पाकिस्तानमा नक्कली प्रहरी मुठभेडका घटना बढ्दै
पाकिस्तान । पाकिस्तानमा नक्कली प्रहरी मुठभेडका घटना बढेकोमा नागरिक समाजले चिन्ता व्यक्त गरेको छ । दैनिक समाचारपत्र डनका अनुसार नक्कली मुठभेडका घटना देशमा सामान्य बन्दै गएका छन् ।
कराँची निवासी काशिफ प्रहरीको नक्कली मुठभेडको शिकार भएका थिए । त्यसपछि उनी धरौटीमा रिहा भई गृहनगर फर्किएका छन् । हिरासतमा हुँदा प्रहरीसँगको ‘इनकाउन्टर’ मा गोली लागेर घाइते भएका कासिफको एउटा खुट्टा काट्नुपरेको थियो ।
काशिफकी आमा जरिनाका अनुसार जे नहुनु पर्ने थियो त्यही भयो अर्थात् प्रहरीको नक्कली मुठभेडको शिकार बनेको आफ्नो छोराले खुट्टा गुमायो । प्रहरीले अनाहकमा काशिफलाई प्रहरी चौकीभित्रै खुट्टामा दुई पटक गोली हानेको थियो ।
समाचारपत्र डनले आज सार्वजनिक गरेको समाचारअनुसार प्रहरी चौकीमा काशिफको जस्तै नियति अन्य छ जनाले भोग्नुपरेको थियो । उनीहरूको अहिले लियाकत विश्वविद्यालय अस्पतालमा उपचार भइरहेको छ ।
जाली मुठभेडमा ‘हाफ फ्राई र फुल फ्राई’ को क्रूर शासन चलेको छ । उच्च अधिकारीले हाफ फ्राईको आदेश दिए ‘खुट्टा भाँच्ने’ र फुल फ्राइ गर्न निर्देशन दिए ज्यान नै लिने गरिन्छ । (रासस/एएनआई)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण