मलेसियामा एकै परिवारका बाह्र जना बगे

क्वालालम्पुर । मलेसियाको एक नदीमा पौडी खेलिरहेका परिवारका १० जना सदस्य बगेका छन् । पौडी खेलेको स्थानबाट २५ किलोमिटर मुनि सात जनाको शव भेटिएका एक जना वरिष्ठ प्रहरी अधिकारीले बताएका छन् ।
गत शुक्रबार पूर्वीराज्य तेरेङ्गगानुको चुकाई जिल्लाको जङ्गलमा रहेको जेराम मावारमा उक्त दुर्घटना भएको हो । दुर्घटनामा चारदेखि ४० वर्षको उमेर समूहका मानिसले ज्यान गुमाएका छन् ।
स्थानीय प्रहरी प्रमुख हान्यान रामलानका अनुसार नदीले बगाएर ज्यान गुमाएका नौ जना एकै परिवारका सदस्य र एक जना विवाहका निम्ति निर्धारण गरिएकी कन्या थिइन् । तीन मिटरसम्म पानीको बहाव बढेपछि पौडीमा रमाइरहेका उनीहरूलाई भेलले बगाएको थियो । उनीहरूले पानीको बहाव अचानक बढ्ने कल्पना पनि गरेका थिएनन् ।
‘ट्र्याकर’ कुकुरको सहयोगमा विभिन्न निकायका दुई सय १० जना अधिकारीको अगुवाइमा बाँकी तीनजना पीडितको खोजी भइरहेको छ ।-(रासस/एएफपी)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानद्वारा इरानसँगको सीमा बन्द
-
अमेरिकी हतियार किन्ने विषयमा राष्ट्रपति ट्रम्पसँग छलफल गरिन्छ : जेलेन्स्की
-
जसपा नेपालको लिम्बुवान राष्ट्रिय समितिको अधिवेशनबाट नयाँ नेतृत्व निर्वाचित
-
पच्चीस चलचित्र निर्मातालाई सम्मान गरिने
-
वर्षायाममा पनि काठमाडौँमा मेलम्चीको पानी वितरण हुने
-
समाजवाद प्राप्त गर्न अझै वर्ग सङ्घर्ष आवश्यक : पूर्वउपराष्ट्रपति पुन