शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय
लुम्बिनी प्रदेश

जेनरेटरमा आगलागी भएपछि लुम्बिनी प्रदेशसभा बैठक स्थगित

बुधबार, २० असार २०८०, १३ : ५५
बुधबार, २० असार २०८०

बुटवल । लुम्बिनी प्रदेशसभा बैठक १० मिनेटका लागि स्थगित भएको छ  । प्रदेशसभा भवनमा रहेको जेनरेटरमा आगलागी भएपछि दश मिनेटका लागि बैठक स्थगित भएको हो ।

दोस्रो अधिवेशनको १७ औँ बैठकमा मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विशेष सम्बोधन गरेपछि प्रमुख विपक्षी दलका प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले बोल्दै गर्दा लाइन काटिएको थियो । जेनरेटरमा आगो लागेर विद्युत् आपूर्ति बन्द भएपछि प्रदेशसभामा अँध्यारो भएको थियो ।

सभामुख तुलाराम घर्ती मगरले जेनरेटरमा आगलागी भएको जानकारी दिँदै दश मिनेटका लागि बैठक स्थगित भएको जानकारी दिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप