प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने गरी कुनै राष्ट्रघात गर्नुभएको छैन : सांसद दाहाल
काठमाडौँ । नेकपा(माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा दिनुपर्नेगरी कुनै राष्ट्रघाती काम नगरेको बताएका छन् ।
बुधवारको प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)ले प्रधानमन्त्रीको राजीनामा माग गरी संसद् अवरोध गरेपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले एमालेले सरकार बाहिर बसेको पीडा अभिव्यक्त गरेको बताए ।
सांसद दाहालले सरकार अंक गणितले बन्ने र बहुमत गुमाएको दिन स्वतः राजीनामा हुने भन्दै अहिले नै राजीनामा दिनलाई कुनै राष्ट्रघाती सन्धि नगरिएको बताए । उनले प्रतिपक्ष दलले जस्तो देश नबेचेको पनि बताए ।
सांसद दाहालले सरदार प्रितम सिंहले प्रचण्डलाई प्रधानमन्त्री बनाउने सदिक्षा राखेको कुरा अभिव्यक्त गरेका र सोही कुरा प्रधानमन्त्री प्रचण्डले एक कार्यक्रमका बीचमा राखेको भन्दै सो विषय राजनीतिक विषय नभएको बताए ।
सांसद दाहालले प्रधानमन्त्री प्रचण्डलाई प्रधानमन्त्री बनाउने सदिक्षासहित सरदार सिंहले नेपाल र भारतका व्यक्तिहरुलाई भेटेको बताएपनि प्रधानमन्त्रीले नअह्राएको बताए । उनले कुनै व्यक्तिले कसैप्रति राखेको सदिक्षालाई लिएर संसद् अवरुद्ध गर्नुपर्ने कुनै कारण नभएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण