प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने गरी कुनै राष्ट्रघात गर्नुभएको छैन : सांसद दाहाल

काठमाडौँ । नेकपा(माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा दिनुपर्नेगरी कुनै राष्ट्रघाती काम नगरेको बताएका छन् ।
बुधवारको प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)ले प्रधानमन्त्रीको राजीनामा माग गरी संसद् अवरोध गरेपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले एमालेले सरकार बाहिर बसेको पीडा अभिव्यक्त गरेको बताए ।
सांसद दाहालले सरकार अंक गणितले बन्ने र बहुमत गुमाएको दिन स्वतः राजीनामा हुने भन्दै अहिले नै राजीनामा दिनलाई कुनै राष्ट्रघाती सन्धि नगरिएको बताए । उनले प्रतिपक्ष दलले जस्तो देश नबेचेको पनि बताए ।
सांसद दाहालले सरदार प्रितम सिंहले प्रचण्डलाई प्रधानमन्त्री बनाउने सदिक्षा राखेको कुरा अभिव्यक्त गरेका र सोही कुरा प्रधानमन्त्री प्रचण्डले एक कार्यक्रमका बीचमा राखेको भन्दै सो विषय राजनीतिक विषय नभएको बताए ।
सांसद दाहालले प्रधानमन्त्री प्रचण्डलाई प्रधानमन्त्री बनाउने सदिक्षासहित सरदार सिंहले नेपाल र भारतका व्यक्तिहरुलाई भेटेको बताएपनि प्रधानमन्त्रीले नअह्राएको बताए । उनले कुनै व्यक्तिले कसैप्रति राखेको सदिक्षालाई लिएर संसद् अवरुद्ध गर्नुपर्ने कुनै कारण नभएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
राष्ट्रसङ्घीय प्रमुख र इरानी विदेशमन्त्रीबिच छलफल
-
अतृप्ति
-
बुद्ध एयरका कार्यकारी अध्यक्ष बस्नेतको ‘बाई द बुक’ विमोचन
-
यस्तो छ आइतबार बस्ने राष्ट्रियसभा बैठकको कार्यसूची
-
पाकिस्तानी प्रधानमन्त्रीद्वारा कश्मीर घटनाको विश्वसनीय र तटस्थ अन्तर्राष्ट्रिय अनुसन्धानको लागि आह्वान
-
वामदेव गौतमसँगको भेटपछि सूर्य थापा भन्छन्– प्युठानको विकासका लागि समझदारी थालेका छौँ