राष्ट्रियसभा बैठक आज बस्दै, अवरोध गर्ने प्रतिपक्षी दलको अडान
बिहीबार, २१ असार २०८०, ०६ : ३१
काठमाडौँ । राष्ट्रियसभा बैठक आज बस्दैछ । सङ्घीय संसद् भवन नयाँ वानेश्वरमा दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ ।
यसअघि हिजो दिउँसो २ः३० बजे बोलाइएको बैठक आधा घण्टा स्थगित गरी ३ः०० बजेलाई बोलाइएको थियो । तर, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा नदिएसम्म संसद् चल्न नदिने प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले अडान कायम राखेका कारण बैठक पनि सञ्चालन हुन नसकेपछि आजका लागि बैठक बोलाइएको हो ।
भारतले नेपालको प्रधानमन्त्री बनाउने आशयको अभिव्यक्ति दिएको भन्दै प्रतिपक्षी दलहरूले सदन अवरुद्ध गरेका थिए । उनीहरुले प्रधानमन्त्रीले राजीनामा नदिएसम्म सदन चल्न नदिने अडान राखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण