सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

राष्ट्रियसभा बैठक आज बस्दै, अवरोध गर्ने प्रतिपक्षी दलको अडान

बिहीबार, २१ असार २०८०, ०६ : ३१
बिहीबार, २१ असार २०८०

काठमाडौँ । राष्ट्रियसभा बैठक आज बस्दैछ । सङ्घीय संसद् भवन नयाँ वानेश्वरमा दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ । 

यसअघि हिजो दिउँसो २ः३० बजे बोलाइएको बैठक आधा घण्टा स्थगित गरी ३ः०० बजेलाई बोलाइएको थियो । तर, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा नदिएसम्म संसद् चल्न नदिने प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले अडान कायम राखेका कारण  बैठक पनि सञ्चालन हुन नसकेपछि आजका लागि बैठक बोलाइएको हो । 

भारतले नेपालको प्रधानमन्त्री बनाउने आशयको अभिव्यक्ति दिएको भन्दै प्रतिपक्षी दलहरूले सदन अवरुद्ध गरेका थिए । उनीहरुले प्रधानमन्त्रीले राजीनामा नदिएसम्म सदन चल्न नदिने अडान राखेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप