रासायनिक मलले प्रकृतिमा असर पर्यो : सांसद श्रेष्ठ
बिहीबार, २१ असार २०८०, १६ : ३५
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले रासायनिक मलका कारण प्रकृतिमा असर परिरहेको बताएका छन् ।
बिहीबार सिंहदरबारमा बसेको अर्थ समितिको बैठकमा बोल्दै उनले रासायनिक मलले गर्दा जल, जमिन र वायुलाई संक्रमण गरिरहेकाले त्यसलाई कसरी नियन्त्रण गर्न सकिन्छ भन्नेबारेमा सरकारले सोच्न आवश्यक रहेको बताए ।
सांसद श्रेष्ठले रासायनिक मलको प्रयोगका कारण जनस्वास्थ्यमा परेको असर, जनस्वास्थ्यको संवेदनशीलतामा ध्यान दिनुपर्ने बताए । उनले दोस्रो, तेस्रो मुलुकबाट आएको खाद्यान्नहरुले गर्दा बालबालिकाहरुमा मनोवैज्ञानिक, मनोविकासमा असर परेको अध्ययनले देखाएको पनि बताए ।
सांसद श्रेष्ठले माटोको गुणस्तर खस्किँदै गएकाले नेपालमा खाद्यान्न संकट निम्तिरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण