बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

विश्व चकलेट दिवस : मन–मस्तिष्कमा जोस भरिदिन्छ, स्वास्थ्य रहन्छ दुरुस्त

शुक्रबार, २२ असार २०८०, १५ : १९
शुक्रबार, २२ असार २०८०

चकलेट संसारमा सबैभन्दा बढी खाइने डिजर्ट हो । चकलेट हरेक मौसममा खाइन्छ । यहाँ विभिन्न खालका चकलेट छन् जसलाई मानिसले आफ्नो रुचि अनुसार किन्ने गर्छन् । बच्चादेखि वृद्ध वृद्धासम्म, सबैको जिब्रोमा चकलेटको स्वाद बसेको हुन्छ । चकलेट स्वास्थ्यका लागि पनि निकै फाइदाजनक मानिन्छ । चकलेट खाँदा मानसिक स्वास्थ्यलाई पनि फाइदा मिल्छ । हरेक वर्ष जुलाई ७ मा विश्व चकलेट दिवस मनाइन्छ । चकलेटका सौखिनका लागि यो दिन विशेष हुनसक्छ । आज हामी तपाईंलाई सही मात्रामा चकलेट खाँदा स्वास्थ्यलाई के कति फाइदा पुग्छ भन्नेबारे जानकारी दिँदै छौँ ।

मुड बुस्ट हुनसक्छ

हालसम्म गरिएको अनुसन्धानले के भन्छ भने चकलेट खाँदा मुड राम्रो हुनसक्छ । जोन हपकिन्स मेडिसिनको रिपोर्ट अनुसार डार्क चकलेटलाई तनाव, एङ्जाइटी कम गर्नका लागि निकै राम्रो मानिन्छ । चकलेटमा भएको तत्त्वले स्ट्रेस हर्मोन कार्टिसोलको स्तरलाई कम गर्छ र यसले ह्याप्पी हर्मोनको स्तरलाई बढाउन सहयोग गर्छ । यसले तनाव र एङ्जाइटी कम हुन्छ र मुड राम्रो बनाउँछ । 

मस्तिष्कको कार्यक्षमता सुधार गर्छ 

डार्क चकलेटमा पाइने फ्लाभोनोलले मस्तिष्कको कार्य प्रणालीमा सकारात्मक प्रभाव पार्छ । चकलेट खाँदा स्मरण शक्ति तेज हुन्छ । अनुसन्धानकर्ताका अनुसार चकलेटमा पाइने फ्लाभोनोलले मस्तिष्कमा रक्तसञ्चार बढाउँछ । यसबाट मस्तिष्क स्वास्थ्यमा सुधार ल्याउन सकिन्छ । चकलेटले डिप्रेसनका लक्षणहरूबाट पनि राहत प्रदान गर्न सक्छ । चकलेट खाँदा मानसिक स्वास्थ्यलाई धेरै बल मिल्छ ।

chocolate1मुटुको स्वास्थ्य राम्रो हुन्छ 

डार्क चकलेटमा पाइने एन्टिअक्सिडेन्टले रक्तचाप कम गर्न सक्छ । यी पोषक तत्त्वहरूले रगत जम्ने जोखिम कम गर्छ र हृदयमा रक्त प्रवाह बढाउँछ । यसले स्ट्रोक, कोरोनरी हार्ट डिजिजको जोखिम कम गर्न सक्छ । तर, मुटु रोगका बिरामीले चकलेट खानुअघि चिकित्सकको सल्लाह लिनुपर्छ ।

रोग प्रतिरोधात्मक क्षमता बढाउँछ 

चकलेटमा पाइने फ्लाभोनोलले प्रतिरक्षा प्रणालीलाई अत्यधिक सक्रिय हुनबाट रोक्छ र अक्सिडेटिभ तनाव कम गर्छ । फ्लाभोनोलहरू विशेष गरी एन्टिअक्सिडेन्ट र एन्टी–इन्फ्लेमेटरी गुणका लागि परिचित छन् । एन्टिअक्सिडेन्टले प्रतिरक्षामा मद्दत गर्दछ किनभने यसले हाम्रो कोशिकालाई सुरक्षित राख्छन्, जबकि प्रतिरक्षा प्रणालीले रोगहरूसँग लड्छ । समग्रमा, चकलेटले प्रतिरक्षा बलियो बनाउन मद्दत गर्दछ ।

कोलेस्ट्रोल नियन्त्रण हुन्छ 

डार्क चकलेटको सेवनले उच्च कोलेस्ट्रोलको समस्याबाट बच्न सकिन्छ । एक अध्ययनमा डार्क चकलेट खाँदा खराब कोलेस्ट्रोल र ट्राइग्लिसराइड्सको स्तरमा उल्लेख्य कमी आएको पाइयो । चकलेटमा पाइने खराब कोकोले खराब कोलेस्ट्रोललाई कम गर्छ । यसमा प्रचुर मात्रामा शक्तिशाली एन्टिअक्सिडेन्ट हुन्छन् जसले रक्त प्रवाहमा सहयोग पुर्‍याउँछ र लिपोप्रोटिनलाई अक्सिडेटिभ क्षतिबाट बचाउँछ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप