अध्यक्ष तिमिल्सिनासँग कतारी राजदूतको बिदाइ भेट
काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अल–हेलले शुक्रवार बिदाई भेट गरेका छन् । राजदूत हेलले सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा शुक्रवार गरेको बिदाइ भेटमा नेपाल नेपाल र कतारबीच रोजगारी, व्यापार, लगानी, पर्यटन लगायतका क्षेत्रमा अझै फराकिलो र गहिरो द्विपक्षीय सम्बन्धको विकास हुँदै गएकोबारे चर्चा भएको छ ।
अध्यक्ष तिमिल्सिनाले ठुलो सङ्ख्यामा नेपाली नागरिकहरूलाई रोजगारीको अवसर प्रदान गरेकोमा कतार सरकारको प्रशंसा गर्दै कतारको अर्थतन्त्रलाई पनि उकास्न नेपाली कामदारहरूले गरेको योगदानप्रति सन्तुष्टि व्यक्त गरे । भेटमा राजदूत हेलले नेपाली श्रमिकले कतारको विकासका लागि पुर्याएको योगदानको प्रशंसा गर्दै बढीभन्दा बढी सुविधा उपलब्ध गराउने विषयमा पनि गम्भीर रहेको बताए ।
उनले पोखरा लगायतका विमानस्थलमा सिधा उडानका लागि कतारका एयरलायन्सहरुको चासो राखेर नेपाल सरकारका निकायहरूमा ५/६ पटक सम्म पत्राचार गरेपनि नेपाली पक्षबाट कुनै प्रतिक्रिया पाउन नसकेको गुनासो समेत गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
-
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण