चिया निर्यात अनुदानका लागि १३ करोड ४१ लाख रुपैयाँ निकासा
शुक्रबार, २२ असार २०८०, १६ : २०
काठमाडौँ । नेपालको चिया निर्यात अभिवृद्धिमा दिगोपना कार्यक्रम अन्तर्गतको वैदेशिक स्रोत ई.आई.एफ. नगद अनुदानका लागि सरकारले १३ करोड ४१ लाख रुपैयाँ थप रकम निकासा गरेको छ ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, कोष तथा लेखा नियन्त्रक कार्यालयको मागपत्र अनुसार शुक्रबार महालेखा नियन्त्रक कार्यालयले तेस्रोपटक उक्त अनुदान रकम निकासा फुकुवा गरेको हो ।
यसअघि सोही शीर्षकमा महालेखा नियन्त्रकले दुई पटक गरी ६ करोड ८७ लाख १० हजार रुपैयाँ निकासा गरेको थियो । योसँगै यस वर्ष चिया निर्यातमा कूल २० करोड १९ लाख १० हजार रुपैयाँ निकासा भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण