रबिन तामाङको पार्थिव शरीरलाई अन्त्येष्टि अघि नक्सालमा राखिने
शुक्रबार, २२ असार २०८०, १६ : ५५
चर्चित रक गायक तथा अभिनेता रबिन तामाङको शवलाई अन्त्येष्टि अघि नक्सालमा राखिने भएको छ । आइतबार बिहान ८ बजेदेखि ११ बजेसम्मका लागि उनको पार्थिव शरीरलाई नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान, नक्सालमा राखिने उनको व्यवस्थापन समूहले बताएको छ ।
रबिनको अन्त्येष्टि आइतबार पौने १२ बजे स्वयम्भूमा गरिनेछ । उक्त अन्त्येष्टिमा परिवारका सदस्य र केही नजिकका साथीको मात्रै उपस्थिति रहनेछ ।
रबिन मंगलबार बेलुका बुढानीलकण्ठस्थित निजी निवासमा मृत अवस्थामा भेटिएका थिए । पोस्टमार्टमको प्रारम्भिक रिपोर्टमा उनको मुटुमा समस्या देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण