शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

रबिन तामाङको पार्थिव शरीरलाई अन्त्येष्टि अघि नक्सालमा राखिने

शुक्रबार, २२ असार २०८०, १६ : ५५
शुक्रबार, २२ असार २०८०

चर्चित रक गायक तथा अभिनेता रबिन तामाङको शवलाई अन्त्येष्टि अघि नक्सालमा राखिने भएको छ । आइतबार बिहान ८ बजेदेखि ११ बजेसम्मका लागि उनको पार्थिव शरीरलाई नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान, नक्सालमा राखिने उनको व्यवस्थापन समूहले बताएको छ ।

रबिनको अन्त्येष्टि आइतबार पौने १२ बजे स्वयम्भूमा गरिनेछ । उक्त अन्त्येष्टिमा परिवारका सदस्य र केही नजिकका साथीको मात्रै उपस्थिति रहनेछ । 

रबिन मंगलबार बेलुका बुढानीलकण्ठस्थित निजी निवासमा मृत अवस्थामा भेटिएका थिए । पोस्टमार्टमको प्रारम्भिक रिपोर्टमा उनको मुटुमा समस्या देखिएको छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप