बालुवाको ढिस्कोमा पुरिएर आठ बालबालिकाको मृत्यु
पाकिस्तान । पाकिस्तानको मार्तुङ खास शाङ्गला जिल्लामा बालुवाको ढिस्कोमा पुरिएर आठ जना बालबालिकाको मृत्यु भएको छ ।
क्रिकेट खेलिरहेका बालबालिकामाथि बालुवाको ढिस्को खस्दा उक्त हताहति भएको उद्धारकर्मीलाई उद्धृत गर्दै एआरवाई न्युजले जनाएको छ । एक जना बालकलाई जीवित उद्धार गरिएको तथा अन्य एक जनाको खोजी भइरहेको छ ।
दुर्घटनाका बेला १० जना बालबालिका क्रिकेट खेलिरहेका बताइएको छ । बुधबार बिहानैदेखि परेको अविरल वर्षाका कारण बलौटे ढिस्को खसेको हो ।
यसैबीच, गत मे महिनामा सिन्धको सङ्घार जिल्लाको अचरो थार क्षेत्रको एउटा घरमा आगलागी हुँदा चार बालबालिकाको मृत्यु भएको थियो ।
उक्त दुर्घटनामा एकै परिवारका दाजुभाइको ज्यान गएको थियोभने बाबु घाइते भएका थिए । त्यसअघि मार्चमा तल्लो कोहिस्तानको पट्टन क्षेत्रको घरमा आगलागी हुँदा एक महिला, उनकी सासु, पाँच छोरी र तीन छोरासहित एकै परिवारका १० सदस्यको मृत्यु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशीका चलचित्र पत्रकारलाई सम्मान तथा पुरस्कार प्रदान
-
भन्सार छलीका सामानसहित ट्रक प्रहरी नियन्त्रणमा
-
वीरगञ्ज महानगर प्रमुख सिंहलाई कारबाही गर्नुपर्ने मागसहित कांग्रेस सडकमा
-
पोखराबाट ब्राउन सुगरसहित ३ जना पक्राउ
-
ब्रिटिश प्रधानमन्त्रीले गरे ब्रिटिश गोर्खाको प्रशंसा
-
लैङ्गिक हिंसाविरुद्धको प्रतिकार्य संस्थागतीकरण आयोजनाको सुरु