गोरखामा ‘लम्पी स्किन’ले गोरु मर्न थालेपछि रोपाइँमा बाधा
गोरखा । गोरखामा ‘लम्पी स्किन’ रोगका कारण गोरु मर्न थालेपछि रोपाइँमा बाधा पुगेको छ । असार अन्तिम साता सुरु भइसक्दा पनि यहाँका किसानले अझैसम्म धान रोपाइँ गर्न पाएका छैनन् । मानो खाएर मुरी उब्जाउने बेलामा वर्षभरि खेतीपाती गर्नका लागि गोठमा पालेका गोरु मर्न थालेपछि किसान मारमा परेका छन् । लम्पी स्किनले गोरु मरेपछि रोपाइँ गर्न नपाएको गण्डकी गाउँपालिका–३ फुजेलका विष्णुप्रसाद पन्तले बताए ।
“रोपाइँ गर्ने बेलामा गोरु मर्यो”, उनले भने, “धेरै किसानको गोठमा गोरु बिरामी छन्, रोपाइँ गर्न मुश्किल भएको छ ।” लम्पी स्किन रोगका कारण हल गोरु नै मरेपछि निरास बनेका पन्तले अब रोपाइँ गर्नका लागि ट्याक्टर खोज्न थालेको बताए । रोपाइँ गर्ने बेलामा गाउँमा लम्पी स्किनले गोरु मर्न थालेपछि किसानलाई रोपाइँको चिन्ता परेको छ । “खेताला पनि पाउन गाह्रो छ”, पन्तले भने ।
लम्पी स्किनले गोरु मरेपछि सहिद लखन गाउँपालिका–६ घैरुङका किसानलाई पनि रोपाइँ गर्न समस्या भएको स्थानीय चेतबहादुर गुरुङले बताए । “कसैको हल गोरु नै मरेको छ, कसैको एउटा मरेर हलपाटे बनेको छ”, उनले भने, “जसको गोठमा गए पनि गोरु बिरामी छ भन्ने मात्र जवाफ आउँछ । गोरु नपाएर अहिलेसम्म खेत रोप्न पाएको छैन ।” गोरखामा लम्पी स्किन फैलँदै गएको भेटेरेनरी अस्पताल तथा पशुसेवा केन्द्रका प्रमुख डा.शर्मिला कुमालले बताइन् । जिल्लामा हालसम्म आठ हजार तीन सय ३९ पशु लम्पी स्किनबाट सङ्क्रमित भएका छन् । यस रोगबाट एक सय चार गोरु मरिसकेका छन् । जिल्लाका ११ वटै स्थानीय तहमा लम्पी स्किनको सङ्क्रमण फैलिएको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो टिभिएस रोनिनको दुई नयाँ भेरियन्ट, यस्ता छन् विशेषता र मूल्य
-
एक सातापछि सगरमाथा आधार शिविर क्षेत्रबाट दावा शेर्पाको उद्धार, थप उपचारको लागि काठमाडौँ ल्याइयो (तस्बिरहरू)
-
अफगानिस्तानमा बारुदी सुरुङ विस्फोट : २ जना बालबालिकाको मृत्यु
-
प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो
-
अल्छीपन छोड्नुहोस्, आयु बढाउनुहोस्
-
फोहोर सम्झिएर नफाल्नुहोस् तरकारी तथा फलफूलका बोक्रा र चियापत्ती
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण