सङ्घीय शिक्षा ऐन छिटो ल्याउन माग
काठमाडौँ । नेकपा (एमाले)का सचिव एवं सांसद योगेश भट्टराईले हाल शैक्षिक क्षेत्रमा देखिएका समस्या समाधानका लागि छिटो सङ्घीय शिक्षा ऐन आवश्यक रहेको बताएका छन्।
नेपाल राष्ट्रिय शिक्षक सङ्गठन काठमाडौँ महानगर समितिद्वारा प्रकाशित ‘काठमाडौँ शिक्षक सौगात २०८०’ शनिबार विमोचन गर्दै शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिका सदस्य भट्टराईले सो शिक्षा ऐनमा शिक्षकका हकहित सुनिश्चित गर्न आफ्नो पार्टीले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने स्पष्ट गरे । उनले शिक्षकहरू समाजको पथप्रदर्शक भएकाले शिक्षकलाई सम्मानित व्यवहार हुनुपर्ने माग गरे ।
कार्यक्रममा सङ्गठनका केन्द्रीय अध्यक्षहरु बाबुराम थापा, बाबुराम अधिकारी, लक्ष्मण शर्मा, वर्तमान महासचिव हंस शाही, पूर्वउपाध्यक्ष विष्णु पोखरेल, बागमती प्रदेश अध्यक्ष नीरबहादुर कार्की, काठमाडौँ जिल्ला अध्यक्ष डिल्लीप्रसाद शर्मालगायतको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेन र बेल्जियमबिचको बहुप्रतीक्षित क्वार्टरफाइनल खेल सुरु
-
सेमिफाइनल यात्राका लागि स्पेन र बेल्जियम भिड्दै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: स्पेन रोक्ने दाउमा ‘द रेड डेभिल्स’, सिंहदरबारमा आइसब्रेक
-
भारतमा पहिरोमा परी ७ जनाको मृत्यु, एक बेपत्ता
-
बेलायती पूर्वमन्त्री एन विडिकोम्ब मृत फेला, हत्या आशंकामा २६ वर्षीय युवक पक्राउ
-
चुनावअघि विधेयक पारित गर्न नेतान्याहुको दौड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण